नियमावलीले कांग्रेसमा विवाद

नियमावलीले कांग्रेसमा विवाद

काठमाडौं : कांग्रेसमा संशोधित नियमावली मस्यौदालाई लिएर विवाद देखिएको छ। केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको नियमावली मस्यौदा समितिमै फर्काइएको छ। सभापति शेरबहादुर देउवाइतर पक्षले मस्यौदामा असन्तुष्टि जनाएको छ। 

अघिल्लो आइतबारको बैठकमा नेता कृष्णप्रसाद सिटौलाले ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी दिएका थिए। त्यसलगत्तै सभापति पक्षले सर्वसम्मत तरिकाले पुनः मस्यौदा बनाउन समितिलाई निर्देशन दिएको थियो। पाँच सदस्यीय समितिमा देउवाइतरका प्रदीप पौडेल र जीवन परियार सहभागी छन्। परियारले केन्द्रीय बैठकमा असन्तुष्टि राखेका थिए। 

अर्का सदस्य पौडेलले मस्यौदामा रहेका कतिपय विषय समितिमा छलफलै नभएको बताए। सक्रिय सदस्यलाई लेबी तिराउने, अनुशासनको प्रावधान, नीति तथा अनुसन्धान प्रतिष्ठानबारे नयाँ व्यवस्थासहित भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको केही मुद्दा नियमावलीमा राखिएको छ। यही विषयलाई लिएर असन्तुष्टि देखिएको हो। 

सभापतिले विवादित विषय तत्काल परिमार्जन गरी सर्वसम्मत तरिकाले नियमावली बनाउन निर्देशन दिए पनि समिति छलफलमा जुटेको छैन। ‘सभापति पक्षको नियतै सफा देखिएन’, नेता सिटौलाले अन्नपूर्णसँग भने, ‘पार्टीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ पार्टीको नियमावली ल्याएको देखिन्छ। ’ यस्तो मस्यौदा स्वीकार्य हुनै नसक्ने उनले बताए। ‘मैले अस्तिकै बैठकमा एक्लै भए पनि नोट अफ डिसेन्ट लेख्छु भनेकै हुँ’, उनले भने, ‘पछि उहाँहरूले समितिमा पठाएर सबै मिलाएर ल्याउने भन्नुभयो। हेरौं के गर्छन् ? ’            

‘सभापति पक्षको नियतै सफा देखिएन। पार्टीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ नियमावली ल्याएको देखिन्छ। ’- कृष्णप्रसाद सिटौला, कांग्रेस नेता

असार २२ मा सुरु बैठक बाढीपहिरोका कारण साउन ७ गते बस्ने गरी स्थगन भएको छ। त्यसअगावै मस्यौदालाई अन्तिम रूप दिने कुरा भए पनि मंगलबारसम्म छलफल नभएको समिति सदस्य परियारले बताए। ‘हामीले केन्द्रीय कार्यसमितिमा सबै कुरा राखेकै छौं’, उनले भने, ‘अब समिति संयोजकले कसरी काम गर्नुहुन्छ, त्यो थाहा छैन। ’

नियमावली संशोधन मस्यौदा समितिका संयोजक रमेश लेखकले बैठकमै सिटौलाले गरेको आलोचनाको खण्डन गरेका थिए। पार्टीमा अनुशासनहीनता बढ्यो भनेर कडाइ गर्न खाजेको देखिन्छ। दलभित्र स्वतन्त्र रूपमा हुँदै आएको बहसको परिपाटी अन्त्य हुन सक्ने देउवाइतर पक्षको बुझाइ छ। 

नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको विषयमा पनि असन्तुष्टि व्यक्त भएको छ। नयाँ नियमावलीमा प्रष्ठिानले केन्द्रदेखि जिल्लासम्म आफ्नो समिति बनाउने र कार्यविधिलगायत विषयसमेत आफैं टुंगो लगाउने प्रावधान राखिएको छ। त्यसको जानकारी केन्द्रलाई मात्रै दिनुपर्ने प्रस्तावमा उनीहरू रुष्ट देखिएका हुन्। यसले पार्टीभित्र सामानान्तर समिति खडा गर्ने असन्तुष्ट पक्षको आरोप छ। नियमावलीमार्फत लोकतान्त्रिक दललाई कता लैजान लागेको हो भन्ने स्पष्ट नभएको सिटौलाले बताए। 

‘सभापतिलाई नै असजिलो लाग्ने गरी नयाँ प्रावधान ल्याइएको छ’, उनले भने, ‘केन्द्रीय कार्यसमितिलाई त झन् छुने कुरै भएन। ’ यसले पार्टीको दायरालाई साँघुरो बनाउने भएकाले परिमार्जन आवश्यक रहेको उनको तर्क छ। 

संयोजक लेखकले नेपाली कांग्रेसको नियमावली २०७६ सुरुको बैठकमा पेस गरेका थिए। असार २२ मा पेस गरिएको संशोधित नियमावलीबारे असार २९ गते छलफल भएको थियो। उक्त दिनको बैठकपछि जारी प्रेस विज्ञप्तिमा ‘पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक साथीहरूसँग सल्लाह गरी प्राप्त सुझावहरूलार्ई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी बैठकले सर्वसम्मतिले पारित गरेको उल्लेख छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.