असारमै अढाई अर्ब खर्च, ३ अर्ब फ्रिज

असारमै अढाई अर्ब खर्च, ३ अर्ब फ्रिज

भैरहवा : रूपन्देही जिल्लामा असारमा खर्च गर्ने परिपाटी अझै पनि रोकिएको छैन। असारमा गरिने विकास निर्माणका काम गुणस्तरीय नहुने भन्दै चौतर्फी आलोचना भइरहँदा यहाँ भने खर्च गर्ने परिपाटी नरोकिएको तथ्यांकले देखाएको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालय रूपन्देहीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५÷०७६ असार महिनामा मात्रै झण्डै अढाई अर्ब पँुजीगत बजेट खर्च गरिएको छ। असारमा मात्रै कुल बजेटको सबैभन्दा बढी खर्च गर्ने सिँचाइ डिभिजन कार्यालय (८४.३४ प्रतिशत), भैरहवा–लुम्बिनी भूमिगत जल आयोजना (५३.७७ प्रतिशत), संघीय खानेपानी (३६.५३ प्रतिशत), संघीय आयोजना कार्यान्वयन इकाइ भवन (२९.४४ प्रतिशत) लगायत छन्।

कोष तथा लेखा नियन्त्रक कार्यालय रूपन्देहीले एक कार्यक्रम आयोजना गरी ०७५÷०७६ को जिल्लाबाट आम्दानी, निकासा तथा खर्च सार्वजनिक गरेको छ। यसमा असारमा मात्रै २ अर्ब ४६ करोड ९३ लाख ८३ हजार २ सय ३६ रुपैयाँ (३२.३९ प्रतिशत) बजेट गरेको खर्च गरेको देखिएको छ।

जिल्लामा चालु र पुँजीगततर्फ गरी कुल २ अर्ब ८४ करोड ६ लाख ९६ हजार ४ सय ८६ रुपैयाँ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय रूपन्देहीका प्रमुख चन्द्रप्रसाद भुसालले बताए। यसमा एक अर्ब २९ करोड ८ लाख २७ हजार एक सय १९ रुपैयाँ पुँजीगत बजेट छ। पुँजीगतर्फ ठूलाठूला विकासे अड्डाले समयमा बजेट खर्च गर्न नसक्दा एक अर्ब २९ करोड बढी बजेट फ्रिज भएको हो। कार्यालयका अनुसार जिल्लाको कुल बजेट ३७ अर्ब २१ करोड ७३ लाख ८६ हजार ९ सय ९५ रहेकोमा ३४ अर्ब ३७ करोड ६६ लाख ९० हजार ५ सय ९ रुपैयाँ खर्च भएको छ। खर्च भएको बजेट बजेटको कुल ९२ दशमलव ३७ प्रतिशत रकम हो।

आव ०७५-०७६ मा पुँजीगततर्फ ७ अर्ब ६२ करोड २६ लाख २७ हजार बजेट विनियोजन भएकोमा ६ अर्ब ३३ करोड १७ लाख ९९ हजार ८ सय ८१ रुपैयाँ खर्च भएको प्रमुख भुसालले बताए। यो पुँजीगत बजेटको ८३ दशमलव ०७ प्रतिशत खर्च हो। यस्तै उनले चालुतर्फ कुल २९ अर्ब ५९ करोड ४७ लाख ५९ हजार ९ सय ९५ बजेट विनियोजन भएकोमा २८ अर्ब ४ करोड ४८ लाख ९० हजार ६ सय २७ रुपैयाँ खर्च भएको बताए।

यस्तै जिल्लामा रहेको सबै स्थानीय तहले लगभग १०० प्रतिशत बजेट खर्च गरेको तथ्यांकमा देखिएको छ। रूपन्देहीमा आर्थिक वर्ष ०७५÷०७६ मा राजस्व संकलनमा वृद्धि भएको छ। कार्यालयका अनुसार गत वर्षभन्दा राजस्व संकलन ९ दशमलव ९५ प्रतिशतले वृद्धि भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.