नामी कलेज र इन्फोडेभ्लपर्सबीच सम्झौता

नामी कलेज र इन्फोडेभ्लपर्सबीच सम्झौता

काठमाडौ‌ : जोरपाटीस्थित नामी कलेज र इन्फोडेभलपर प्रालिबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। बुधबार नामी कलेजमा आयोजित कार्यक्रममा दुबै संस्थाका प्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

नामीमा अध्ययनरत विद्यार्थीको अभ्यास मुलककार्यमा सहयोग पुरर्‍याउनको लागि उक्त सम्झौता गरिएको बताइएको छ। सम्झौता अनुसार इन्फोडेभलपर्स प्रालिको सहयोगमा नामी कलेजलाई उत्कृष्ट अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र इन्फोडेभलपर्सका प्रतिनिधिले नामीका विद्यार्थीाई सूचना प्रविधिसँग सम्बन्धित विषयमा तालिम तथा आवश्यकता अनुसार निरिक्षण सेवा समेत प्रदान गर्ने छन्।

सम्झौतापछि नामीका विद्यार्थीले सूचना प्रविधिको क्षेत्रमा विश्व बजारमा भइरहेका नयाँ नयाँ अविष्कारसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न पाउने छन्। साथै नामीलाई सूचना प्रविधिको उत्कृट केन्द्रको रुपमा विकास गर्न सकिने दुबै संस्थाका प्रतिनिधिले विश्वास लिएका छन्।

समझौतापछि दुबै संस्थाले उद्यमशील बन्न चाहने र रचनात्मक क्षमता भएका विद्यार्थीलाई यस अभियानमा सहभागी हुन समेत अनुरोध गरेको छ।
नामीले बेलायतको नर्थह्याम्पटन विश्वविद्यालयसंगको सम्बन्धनमा एमबीए, बीबीए, बीएससी इन कम्प्युटिङ, बीएससी इन अफ्टवयर इन्जिनियरिङ, बीएससी इन कम्प्युटर नेटवर्क इन्जिनियरिङ र बीएससी इन इन्भाइरोन्मेन्टल साइन्स विषयको पढाइ संचालन गरिरहेको छ।

इन्फोडेभलपर्स सूचना प्रविधीको क्षेत्रमा क्रियासिल अग्रणी संस्था हो। सूचना प्रविधिसँग सम्बन्धित तालिम तथा जनशक्ति उत्पादनमा यो संस्था १६ वर्षदेखि क्रियाशील छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.