बुटवल लुम्बिनीलाई हराउँदै राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
धनकुटा : बुटवल लुम्बिनीलाई टाइब्रेकरमा ५-४ गोलले पराजित गर्दै इटहरीको राष्ट्रिय जागृति क्लब सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। खेलको १६औं मिनेटमा उमेश राईले गोल गर्दै जागृतिलाई अग्रता दिलाए पनि पहिलो हाफमा थपिएको अतिरिक्त समयमा बुटवलका विवेक गुरुङले खेललाई बराबरीमा पुर्याएका थिए।
प्रतिक्रिया दिनुहोस !