असार मसान्तमा काटियो ३ हजार चेक

असार मसान्तमा काटियो ३ हजार चेक

जनकपुरधाम : प्रदेश २ मा कोष तथा लेखा नियन्त्रक कार्यालयका कर्मचारी मंगलबार राति साढे ११ बजेसम्म कार्यालयमै व्यस्त थिए। प्रदेश सरकारका मन्त्रालयबाट अबेर रातिसम्म आएको मागको आधारमा असार मसान्तको अन्तिम दिन धमाधम चेक काट्न कर्मचारीलाई भ्याइनभ्याइ थियो। चौतर्फी दबाबका कारण आएजतिको चेक काटेर रकम निकासा गर्ने प्रयास प्रदेश कोलेनिकाका कर्मचारीको थियो। ‘असार ३१ मा मात्रै हामीले ३ हजार जति चेक काट्यौं’, प्रदेश २ का कोष तथा लेखा नियन्त्रक विनोद गेलालले बताए।

आर्थिक मसान्तको अन्तिम दिन राति १२ बजेदेखि कोलेनिकाको सर्भर आफैं बन्द हुने र कुनै प्रकारको आर्थिक गतिविधि गर्न नमिल्ने हुनाले साढे ११ बजेसम्म रकम निकासका लागि चेक बुझ्न कार्यालयमा भीड थियो।

बढिजसो चेक भौतिक तथा पूर्वाधार मन्त्रालय, मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय र वन मन्त्रालयको रहेको कर्मचारीले बताए। वर्षभरि संघीय सरकारलाई विकासको बाधक भन्दै दोष देखाउने प्रदेश सरकारका मन्त्रीले आफ्ना कार्यकर्ता र नातेदार पाल्न करोडौं रकम खर्चेको पुष्ट्याई असार मसान्तको खर्चले गरेको छ।

कमिसनकै लागि उपभोक्ता समितिमार्फत अधिकांश बजेट पूर्वाधार निर्माणतर्फ खर्चेको प्रदेश सरकारको विभिन्न मन्त्रालयका कर्मचारीले असार ३१ गते अबेर रातिसम्म जनकपुरका विभिन्न होटेलमा बसेर योजना मूल्यांकन गरेका थिए। वन मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयको कर्मचारीले मन्त्रालयकै नाममा होटलको कोठा बुक गराई विभिन्न योजनाको फाइल हेर्दै मूल्यांकन गरेर चेक निकासाका लागि कोलेनिकामा पठाएका थिए। सञ्चारमाध्यमले होटलबाटै भइरहेको योजना मूल्यांकनका विषयमा दिउँसै समाचार प्रकाशन प्रशारण गरे पनि मुख्यमन्त्री लालबाबु राउत वा प्रशासनिक निकायले यस्ता गतिविधि रोक्न कुनै चासो देखाएन्।

विभिन्न मन्त्रालयबाट गराइएको विकास निर्माणको कामको मूल्यांकन मन्त्रालयका कर्मचारीले फिल्डमा स्थलगत अनुगमन गरेर गर्नु पर्ने हुन्छ। असार मसान्त सकिनभन्दा कम्तीमा एक साता अगाडि नै यी कार्य सम्पन्न गरेर रकम निकासाका लागि कोलेनिकामा पठाउनु पर्ने प्रावधान आर्थिक कार्यविधि नियमावलीमा स्पष्ट उल्लेख रहेको कोष तथा लेखा नियन्त्रक गेलाल बताउँछन्।

तर, प्रदेश २ सरकारले आर्थिक अनुशासन विपरीत असारको अन्तिम दिन होटलबाटै योजनाको मूल्यांकन गराइ रकम निकासाका लागि पठाइएको हो।

प्रदेश सरकारले असारभरमा मात्रै ८ अर्ब ७६ करोड ९३ लाख ९१ हजार रकम खर्चेको कोलेनिकाले जनाएको छ। वर्षभरीको कुल खर्चमध्ये असारको खर्च आदि हो। साउनदेखि असारसम्म प्रदेश २ सरकारको जम्मा खर्च १५ अर्ब ९ करोड ६३ लाख छ।

प्रदेश सरकारको गत आर्थिक वर्षको साढे २९ अर्ब बजेटमध्ये ५० प्रतिशत खर्च भएको र ५० प्रतिशत खर्च हुन नसकी फ्रिज भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.