कार र मोटरसाइकलमा गाजा ओसार्दै गरेका चारजना पक्राउ

कार र मोटरसाइकलमा गाजा ओसार्दै गरेका चारजना पक्राउ

वीरगन्ज : पर्सा प्रहरीले लागुऔषध गाजा ओसार्दै गरेको अवस्थामा कार र मोटरसाइकलसहित चारजनालाई पक्राउ गरेको छ। प्रहरीले वीरगन्ज महानगरपालिका- २८ बगहीबाट बुधबार राति कार र मोटरसाइकलमा गाजा ओसार्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको हो। 

गाजासहित पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी ननगरपालिका १७का २१ वर्षीय रमेश लामिछाने , पर्साको पटेर्वासुगौली गाउँपालिका ४ का ४२ वर्षीय प्रेम दास , पर्साकै सखुवाप्रसौनी गाउँपालिका ६ का ३५ वर्षीय राजेश खवास र सर्लाहीको लालबन्दी नगरपालिका १७ का  २० वर्षीय डम्मरमणी घिमिरे रहेका छन्। 

उनीहरुको साथाबाट एक सय २० केजी गाजा बरामद भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । गाजा ओसार्नमा प्रयोग गरिएको बीआर ०१ डी बी ०००३ नम्बरको कार र ना२४ प ८७६४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक राठौरले बताए।

बगहीमा गाजाको ओसार पसार भइरहेको गोप्य सूचना आएपछि बुधबार राति प्रहरी उपरीक्षक रौठोर आफै प्रहरीको टोली लिएर बगही पुगेका थिए। बगहीमा राति ११ बजे पुगेको प्रहरी टोलीले कार र मोटरसाइकलमा भारत लैजानका लागि तयारी अवस्थामा रहेका तस्करलाई गाडी र गाजासहित नियन्त्रणमा हो। 

गाजा र गाडीसहित पक्राउ परेका तस्करलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए।      


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.