रौतहटका बाढी पीडितलाई एक करोड ३५ लाख राहत

रौतहटका बाढी पीडितलाई एक करोड ३५ लाख राहत

जनकपुरधाम : बाढीले सबैभन्दा बढी धनमालको क्षति भएको रौतहट जिल्लामा प्रदेश सरकारले १ करोड ३५ लाखको राहत वितरण गरेको छ। मुख्यमन्त्री लालबाबु राउत नेतृत्वमा मन्त्रिपरिषदका अन्य सदस्यसहितको टोलीले बाढीले प्रभावित रौतहट जिल्लामा राहत सामग्री वितरण गरेको हो। 

जिल्ला सदरमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा बिहीबार बिहान मुख्यमन्त्री राउतले बाढी पीडितलाई खाद्यान्न, त्रिपाल, झुललगायतका सामग्री वितरण गरे। 

प्रदेश सरकारले बाढी पीडितलाई राहत समाग्री वितरण गर्नमा सहयोग र त्यसको व्यवस्थापन गर्नको लागि  आफ्नो  मन्त्री, सांसदलाईसमेत आ—आफ्नो क्षेत्रमा केन्द्रित हुन निर्देशन दिएको छ। 

बाढीबाट तत्काल राहतका लागि प्रदेश सरकारले उपलब्ध गराएको दश/दश लाख रुपैयाँको राहत समाग्री वितरण गरिसकेको छ। बाढी पीडितलाई राहत वितरणको लागि प्रदेश सरकारले छुट्टा छुट्टै टोली बनाएर जिल्लामा परिचालन गरेको छ।

राहत सामग्रीमा पीडितप्रति परिवार २५ किलोग्राम चामल, चार किलोग्राम दाल, झुल, त्रिपालसहित दुई हजार पाँच सय ७५ रुपैयाँको समाग्री वितरण गर्न लागेको हो। 

तत्काल पाँच हजार बाढी पीडितलाई राहत वितरण गर्न लागिएको हो। राहत वितरण कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, भूमि व्यवस्थापन, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा, प्रदेशसभा सदस्य बाबुलाल साह, किशोरी यादव, शेष अब्दुल कलाम अजाद लगायतको उपस्थिति रहेको थियो। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.