धनगढीमा विस्फोट, पाँच घाइते : घटनास्थलबाट पेस्तोल बरामद

धनगढीमा विस्फोट, पाँच घाइते : घटनास्थलबाट पेस्तोल बरामद

धनगढी : धनगढीमा शंकास्पद वस्तु विस्फोट हुँदा पाँच जना घाइते भएका छन्। ५ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। 

धनगढीको सहीद गेट नजिकै रहेको निलम होटलमा विस्फोट हुँदा ठेगाना नखुलेका राम सिंह, लक्ष्मण सेरेला, मोविन खान र धनगढीका जितेन्द्र यादव र होटल मालिक केशवराज पाण्डेय घाइते छन्। 

प्रहरीका अनुसार राम सिंह र सेरेलाको अवस्था गम्भीर रहेको छ। घाइतेको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। 

विस्फोट भएको वस्तु के हो भन्ने खुल्न नसकेको कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। कतिपयले सिलिण्डर बम विस्फोट भएको आशंका गरे पनि सिलिण्डर जस्ताको त्यस्तै रहेको जनाएको छ। घटनास्थलमा पेस्तोल पनि फेला परेको छ।

सुरुमा सिलिण्डर विस्फोट भएको आशंका गरिएपनि घटना स्थलको प्रकृति हेर्दा सिलिण्डर विस्फोट नभएको प्रहरी नायब उपरीक्षक  बस्नेतले बताए। घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.