वीरगन्जका व्यस्त चोकमा टावर लाइट

वीरगन्जका व्यस्त चोकमा टावर लाइट

वीरगन्ज : वीरगन्ज महानगरपालिका दुई व्यस्त चोकमा राति उज्यालोका लागि करिब २५ लाख रुपैयाँको लागतमा हाइ मास् टावर लाइट जडान गरिएको छ।स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवको संसदीय कोषबाट २५ लाख रुपैयाँको लागतमा वीरगन्जको घण्टाघर चोक र प्रतिमा चोकमा गरी दुई थान टावर लाइट जडान गरी संचालनमा  ल्याइएको हो।

बिहीबार बेलुकी सांसद यादवले रिबन काटेर औपचारिक उद्घाटन गरेसँगै ती दुवै टावर लाइट संचालनमा आएको हो। वीरगन्जको घण्टाघरचोकमा ४५ फिट अग्लो र प्रतिमा चोकमा ५५ फिट अग्लो टावर लाइट जडान गरिएको छ।

टावर लाइटको प्रकाशले एक किलोमिटरसम्मको क्षेत्रमा उज्यालो हुने गरेको स्थानीयले बताए। टावर लाइटको उद्घाटन गर्दै सांसद यादवले मधेस आन्दोलनको केन्द्र वीरगन्ज सहरको सौन्दर्यकरणका लागि आफूले उज्यालोमय वीरगन्ज अभियान थालेको बताए। 

'यो अभियानको पहिलो चरणमा चोक चोकमा टावर लाइट जडान गर्ने योजना छ, त्यहि योजनाअन्तर्गत नै यो वर्षमा दुई स्थानमा टावर लाइट जडान गरिएको हो, उनले भने, 'आगामी आर्थिक वर्षमा वीरगन्जको बसपार्क, नगवा, परवानीपुर, मिलनचोकलगायतका स्थानमा पनि यस्तै खालको टावर लाइट जडान गरिने योजना छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.