तराईंमा बाढीको कहर : प्रदेश २ मा २१ बालबालिकाको मृत्यु

तराईंमा बाढीको कहर : प्रदेश २ मा २१ बालबालिकाको मृत्यु

जनकपुरधाम : प्रदेश २ मा बाढीमा परी ज्यान गुमाउनेमा अधिकांश बालबालिका रहेका छन्। बाढीले बगाएर र डुबेर प्रदेशका आठै जिल्लामा हालसम्म मृत्यु भएका ३५ जनामध्ये २१ जना बालबालिका छन्।

जसमा नाबालकको संख्या पाँच छ। सबैभन्दा बढी महोत्तरी जिल्लामा ६ जना बालकले बाढीमा परी ज्यान गुमाएको प्रदेश २ नेपाल प्रहरी कार्यालयले जनाएको छ। त्यसैगरी,  पर्सामा ३, बारामा २, रौतहटमा ४, धनुषामा १ र सिरहामा ५ जना बालबालिकाले ज्यान गुमाएका छन्। 

गत सोमबार रौतहटको विन्दावन नगरपालिका ४ का विरेन्द्र रामका ८ वर्षीय छोरा रवि रामको बाढीले ज्यान लियो। उनी घर नजिकै बाटोको छेऊमा जमेको पानीमा डुबेका थिए। प्रहरी र स्थानीयको सहयोगमा उनलाई उद्दार गरी उपचारका लागि गरुडा अस्पतालमा ल्याउँदा बाटोमै मृत्यु भएको थियो। 

खाल्टोमा जमेको बाढीको पानीमा डुबेर बाराका १० वर्षीय अजित साहले आइतबार ज्यान गुमाए। बाराकै परवानीपुर गाउँपालिका १ का १८ महिने विकी यादवको घर पछाडीकै नालीमा डुबेर मृत्यु भयो। 

यस्तै सर्लाहीको कौडेना गाउँपालिका ५ का गफार खानको २ वर्षीय छोरा ऐयान खान सोमबार खेल्ने क्रममा घर नजिकै पानीको खाल्डोमा डुबेर ज्यान गुमाए। वर्षायाममा असारे विकासको क्रममा गाउँघरमा खनिएका खाल्टा, निर्माणाधिन नाला र स-सानो खोल्साले बालबालिकाको ज्यानलाई जोखिममा पारेको हो। 

'विकासको नाममा घरै अगाडी खनिएका खाल्डा खुल्डीले बालबालिकालाई जोखिम बढाएको छ,' प्रदेश २ नेपाल प्रहरीका प्रवक्ता ज्ञान कुमार महतो भने, 'गाउँगाउँमा वर्षायामको बेला विकास निर्माणका लागि भन्दै सडक, नाला बनाउने काम हुन्छ ।गर्मीमा बच्चा पौडी खेल्न भन्दै सोही खाल्डोमा जाँदा दुर्घटना पर्ने मात्रै नभइ ज्यान समेत गुमाउने गर्दछन्।'
  
अभिभावक पनि सचेत नहुँदा बालबालिका वर्षायाममा हुने दुर्घटना बढ्ने गरेको महतो बताउँछन्। वर्षायाममा बालबालिबालाई खोलामा नुहाउन जान दिने र सोही बेला बाढीको भेल आएर बगाउने घटनाबाट अभिभावक सचेत हुनु आवश्यक रहेको उनी बताउँछन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.