ढुवानी ठप्प हुँदा उद्योग बन्द हुने अवस्थामा, भन्सारको राजश्वमा पनि असर

ढुवानी ठप्प हुँदा उद्योग बन्द हुने अवस्थामा, भन्सारको राजश्वमा पनि असर

वीरगन्ज : साउन १ गतेदेखि ढुवानी व्यवसायीहरु मालवाहक गाडी थन्काएर हड्तालमा उत्रिएका कारण त्यसको प्रत्यक्ष असर वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा परेको छ ।

सरकारले साउन १ गतेदेखि ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट)को दायरामा ल्याउनुका साथै अनलाइन मार्फत् निगरानी गर्ने नीति लागु गरेपछि त्यसको विरोधमा व्यवसायीहरु उत्रिएका हुन् ।

उक्त निर्णयको खारेजीको माग गर्दै देशभरका ढुवानी व्यवसायीहरू १ गतेदेखि नै गाडी थन्क्याएर हड्तालमा उत्रिएका हुन् । ढुवानी व्यवसायीहरुको हड्तालका कारण बुधबारदेखि मालसामानको ढुवानी ठप्प भएपछि वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा रहेका साना ठूला गरी करिब सात सय उद्योग बन्द हुने अवस्थामा छन् ।

सरकारको निर्णय खारेज नभएसम्म ढुवानी ठप्प : व्यवसायी

सामान तस्करी रोक्ने बहानामा मालबाहक सवारीसधानमा राजस्व थोपर्ने र प्राविधिक झमेला खडा गर्ने काम मात्रै भएको व्यवसायीको गुनासो छ । ढुवानी भाडामा भ्याट लगाउने निर्णय फिर्ता नलिएसम्म ढुवानी सेवा पूर्ण रुपमा बन्द रहने उनीहरुको चेतावनी छ ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठले आफूहरूले पटकपटक गरेको आग्रहमा समेत सरकारले बेवास्ता गरेपछि कठोर आन्दोलन गर्नुपरेको बताए । सरकार र सत्तारुढ राजनीतिक दलका नेताहरुसँग आफ्नो समस्या राख्दा पनि सम्बोधन हुन नसकेको भन्दै बाध्य भएर आन्दोलना उत्रिएको उनले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.