नारायणीमा ‘क्रुज सिप’

नारायणीमा ‘क्रुज सिप’

चितवन : हेर्दा दुरुस्तै पानी जहाज। दुई तलामा बसेर नदीको सयर गर्दै रमणीय भ्रमण। भित्रै रेष्टुरेन्ट र सांगितिक कार्यक्रमको स्टेज। नदीमा सरर सयर गर्दै रमाईलो गर्ने सुविधा अनि खानाको स्वादमा पाइने कुराले सुन्दा अचम्म लाग्न सक्छ। तर अबको केही महिनापछि नारायणी नदीमा यसको मज्जा लिन सकिने ब्यवस्था गरिँदैछ।

नेपालमा पानी जहाजको चर्चा भइरहेका बेला त्यसैको झल्को दिने खालको क्रुज निमार्ण गरिएको हो। नारायणी नदी किनारमा एकसय फिट लम्बाई, चौडाई र उचाई २२ फिट भएको पहिलो पटक ‘क्रुज सिप’ सञ्चालन गर्न लागिएको छ। क्रुज सिपमा चढेर नदी छेउमा रहेका वनजंगल, धार्मिक क्षेत्र लगायतका मनोरम दृश्य अवलोकन गर्न सकिने बताइएको छ। आउँदो दशैं अघि नै सञ्चालन गर्ने गरी निमार्णको काम तीव्र पारिएको छ। अहिले तल्लो भागको काम सकेर माथिल्लो भागको निमार्ण थालिएको छ।

गत चैत्रबाट निमार्णको काम थालिएको हो। राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले क्रुज सिप सञ्चालन गर्न लागेको हो। भरतपुर महानगरपालिका १६ काभ्रेघाटस्थित नारायणी नदीमा ‘क्रुज सिप’ निमार्ण भइरहेको छ। कम्पनीका अनुसार एक पटकमा सिपमा दुई सय जना चढ्न सक्नेछन्। राइनो वाटर इन्टरटेन्मेण्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कंडेलले पर्यटकीय आकर्षणका लागी निमार्ण गरेको क्रुज दशैं अघि नै सञ्चालन हुने बताए। ‘नेपालमा जलयात्राको लागी पहिलो पटक नयाँ काम थालेका हौ’, कंडेलले भने, ‘पर्यटकीय आकर्षण नै हाम्रो उदेश्य हो।’ बिहानको ब्रेकफाष्ट क्रुज, अपरान्ह लन्च र साँझमा डिनर क्रुजमै हुने उनले बताए।

भारत र सिंगापुरका विज्ञको टोलीले नारायणीमा कम पानी हुने समय पारेर गत वर्ष पौषमा नदीको पानी प्रवाहको मापन, प्रकोपको चुनौतीको अध्ययन र वातावरणीय प्रभाव मुल्यांकनको अध्ययन गरेका थिए। दुईवटा इञ्जिन रहने उक्त क्रुज प्रतिघण्टा १८ सय मिटर दुरी पार गर्ने छ। ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले पर्यटकीय गन्तब्यको खोजी भएका बेला सञ्चालन हुने क्रुज सिपले नयाँ तरङ्ग ल्याउने भएकोले आफुहरुले सहकार्य गरेको बताए। ‘सरकारले भम्रण वर्ष २०२० को तयारी गरिरहदा यो कामले जिल्लामा पर्यटक तान्ने विश्वास लिएका छौं’, उनले भने, ‘नेपालकै नौलो अनुभव हुने भएकोले सहकार्य र समन्वय गरेका छौं।’

निमार्ण पुरा हुने समयसम्म करिब ३५ करोड खर्च हुने अनुमान गरिएको छ। भारतको ग्रयाण्डीयर मरिन कम्पनीले निमार्णको काम गरेको छ। नर्वेको प्रविधि अनुसार बनाइएको छ। उक्त कम्पनीले भारत, श्रीलंका, मलेसिया, दुबई लगायतका देशमा क्रुज निमार्णको काम गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.