हँसाउन सक्नेलाई रेस्टुरेन्टमा छुट

हँसाउन सक्नेलाई रेस्टुरेन्टमा छुट

चीनको चोङ्किङ शहरमा रहेको एउटा ‘हट पट’ रेस्टुरेन्टका मालिकले अनौठो योजना ल्याएका छन्। उनले आफूलाई हँसाउन सक्ने ग्राहकलाई विशेष छुट दिने घोषणा गरेका छन्। 

चिनियाँ पत्रिका ‘द बेइजिङ न्युज’का अनुसार चेन नामक रेस्टुरेन्टधनीले यस्तो छुट कार्यक्रम ल्याएका हुन्। उनको रेस्टुरेन्टबाहिर विज्ञापन राखिएको छ। आफूलाई चुट्किला भनेर हँसाउन सक्ने ग्राहकले न्यूनतम १० देखि अधिकतम ५० प्रतिशतसम्म छुट पाउने चेनले बताए। ‘जति हाँसउठ्दो चुट्किला भयो, त्यति बढी छुट दिनेछु,’ उनले भने। रेस्टुरेन्टमा चुट्किला भनेर खानपानमा छुट पाउन ग्राहकहरू आउन थालेका चेनले बताए। 

‘मैले बिहानभरि इन्टरनेटमा रमाइलो जोक खोजेर आएको छु,’ चिनियाँ सामाजिक सञ्जालमा पोस्ट भएको एउटा भिडियोमा एक जना ग्राहक यसो भन्दै गरेका भेटिन्छन्। सोही भिडियोमा एक जना महिला ग्राहकले चेनलाई चुट्किला सुनाएर ३० प्रतिशत छुट पाएको देखाइएको छ। 

चेनले छुट योजना ल्याउनुको उद्देश्य ग्राहकले रमाइलो समय बिताऊन् भन्ने रहेको बताए। ‘मैले पैसा कमाउनका लागि मात्र रेस्टुरेन्ट खोलेको होइन,’ उनले भने, ‘मान्छेहरूले मसँग रमाइलो गरून् र आनन्दित होऊन् भनेर छुटको व्यवस्था गरेको हुँ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.