ढुवानी हडतालले राजस्व घट्यो

ढुवानी हडतालले राजस्व घट्यो

वीरगन्ज : देशभरका यातायात व्यवसायी मालवाहक गाडी ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिएपछि त्यसको प्रत्यक्ष असर वीरगन्जको राजस्व असुलीमा परेको छ। भारत र तेस्रो मुलुकबाट आयात गरिएका मालसामान ढुवानीका लागि गाडी नपाइएपछि आयातकर्ताले मालसामान जाँचपास नगराएकाले भन्सार कार्यालयको राजस्व असुली ह्वात्तै घटेको छ।

वीरगन्ज नाकामा भन्सार कार्यालय र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय छन्। मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) लागू गर्ने सरकारी निर्णयको विरोधमा व्यवसायी आन्दोलनमा उत्रिएका हुन्।

भारत र तेस्रो मुलुकबाट रेल र स्थलमार्ग हुँदै आयात गरिएका मालसामान र कच्चा पदार्थ भन्सार परिसरमा रहेका यार्ड र गोदाममा बुधबारदेखि नै थन्किएका छन्। ढुवानीका साधन नपाइएका कारण आयातकर्ताले मालसामानको भन्सार जाँचपाच गराएका छैनन्।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महतोका अनुसार , वीरगन्ज भन्सार कार्यालयले दैनिक सरदर ६० देखि ६२ करोडसम्म राजस्व संकलन गर्दै आएको छ। साउन महिनाका लागि विभागले वीरगन्ज भन्सार कार्यालयलाई १८ अर्ब ८० करोडको लक्ष्य दिएको छ। भन्सार विभागले साउनका लागि दिएको लक्ष्यअनुसार चार दिनको अवधि (साउन १ देखि ४ सम्म) मा भन्सार कार्यालयले २ अर्ब ४० करोडको हाराहारीमा राजस्व उठाउनु पर्ने थियो।

तर बुधबारदेखि मालसामानको जाँचपासका लागि आयकर्ता निकै कम आएकाले चार दिनमा ५८ करोड ९८ लाख २२ लाख मात्र संकलन भएको छ।

वीरगन्ज भन्सार कार्यालमा साउन १ गते ३ करोड ३६ लाख ३३ हजार ,साउन २ गते ८ करोड ५१ लाख ८९ हजार , साउन ३ गते २२ करोड ९५ लाख र साउन ४ गते २४ करोड १५ लाख मात्रै राजस्व संकलन भएको सूचना अधिकारी महत्तोले जानकारी दिए।

वीरगन्जमै रहेको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले सामान्य अवस्थामा दैनिक औसतमा १२ करोडको हाराहारीमा राजस्व संकलन गर्ने गरेको छ। तर यातायात व्यवसायी हडतालमा उत्रिए यता बुधबारदेखि सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व संकलन पनि ह्वात्तै घटेको छ।

ढुवानीका साधन नपाइएपछि आयातकर्ताले मालसामानको भन्सार जाँचपाच गराएका छैनन्।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार भन्सार विभागले साउन महिनाका लागि तीन अर्ब ३६ करोडको लक्ष्य दिएको छ। त्यसअनुसार चार दिन (साउन १ देखि ४ गते सम्म ) को अवधिमा ४८ करोडको हराहारीमा राजस्व संकलन हुनु पर्ने थियो।

तर यो चारमा अवधिमा ७ करोड २१ लाख राजस्व संकलन भएको श्रेष्ठले जानकारी दिए। साउन १ गते बुधबार १ लाख राजस्व संकलन गरेको सुक्खा बन्दरगाहा भन्सार कार्यालयमा साउन २ गते भने राजस्व असुली शून्य नै भयो। साउन ३ गते भने ४ करोड ६३ लाख र साउन ४ गते २ करोड ५८ लाख मात्रै राजस्व उठेको सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए।

भारतबाट कन्टेनर र बोराबन्द मालसामान रेलबाट सुक्खा बन्दरगाहमा आइरहेको छ। तर यहाँबाट भन्सार जाँचपास भएर बाहिर निकासी हुने कार्य अहिले रोकिएकै जस्तै अवस्थामा रहेको भन्दै श्रेष्ठले सामान ढुवानीका लागि ट्रक र लहरी नपाएका कारण आयतकर्ताले मालसामानको भन्सार क्लियरेन्स नै गराउन छाडिदिएको बताए। यार्ड र गोदाममै कन्टेनर र अन्य मालसामान थन्किएर बसिरहेका छन्’, श्रेष्ठले भने ,‘अहिले बन्दरगाह परिसरमा २० हजारभन्दा बढी कन्टेनर थन्किएर बसेका छन्’, सामानको क्लियरेन्स नै नभएपछि राजस्व उठ्ने कुरै भएन। ’

उद्योगलाई समस्या

साउन १ गतेदेखि ढुवानी व्यवसायी मालवाहक गाडी थन्काएर हडतालमा उत्रिएका कारण त्यसको प्रत्यक्ष असर वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा परेको छ। ढुवानी व्यवसायीको हडतालका कारण बुधबारदेखि मालसामानको ढुवानी ठप्प भएपछि वीरगन्ज पथलैया औद्योगिक कोरिडोरका करिब सात सय उद्योग कच्चा पदार्थ अभावले बन्द हुने अवस्थामा पुगेका छन्।

उद्योगलाइ चाहिने कच्चा पदार्थको जगेडा सकिन लागेको र उत्पादित तयारी मालसामान पनि बजारमा पठाउन नसकिएका कारण अबको दुई÷तीन दिनमा कोरिडोरका सबै उद्योग बन्द हुने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.