सिरियाली हवाइ हमलामा पत्रकारसहित १८ जना मारिए
सिरिया : सिरियाली सरकारको हवाइ हमलामा एक पत्रकार सहित १८ जना मारिएका छन् ।
आइतबार उत्तरपश्चिम क्षेत्रस्थित इडलिब प्रान्तमा भएको हमलामा अनस अल दयाद नामका पत्रकार समेत मारिएका हुन् । ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’का अनुसार केही मानिस अझै भग्नावशेषभित्र थुनिएकाले मृतकको संख्या बढ्नसक्ने छ ।
सिरियाली युद्धका कारण २०११ देखि अहिलेसम्म ३ लाख ७० हजार मानिसले ज्यान गुमाइसकेका छन् । साथै लाखौं मानिस विस्थापित भएका छन् ।