मन्त्रीका 'छाडा मुख' : प्रदेशको गरिमामै प्रश्न

मन्त्रीका 'छाडा मुख' : प्रदेशको गरिमामै प्रश्न

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्रीदेखि मन्त्रीले अपशब्द प्रयोग गरी सञ्चारकर्मीलाई दिएका अन्र्तवार्ता अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। मुख्यमन्त्री लालबाबु राउतले यसै साता एक सञ्चारकर्मीलाई अन्तर्वाता दिने क्रममा भद्दा शब्द प्रयोग गरेका थिए।

'बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रममा प्रदेश सरकारले छात्राका लागि साइकल वितरण गर्दा भ्रष्टाचार भएको भन्ने विषयमा सञ्चारकर्मीले प्रश्न सोध्दा मुख्यमन्त्री राउत निकै आक्रोशित मात्र भएनन् अपशब्द बोल्न समेत भ्याए। उनले सञ्चारकर्मीलाई हप्काउँदै भने, 'तपाई बढी फट्याई कुरा नगर्नुस्,' राउतले भने, 'कसैको...मा दम छ भने प्रमाणित गरेर देखाओस्।' 

उनले सञ्चारकर्मीलाई झपार्दै सम्पूर्ण पत्रकारको दक्षता र योग्यता माथिनै प्रश्न खडा गरे। त्यो अन्र्तवार्ता सामाजिक सञ्जालमा भाइरल भयो। अन्र्तवार्तामा मुख्यमन्त्रीको पदमा बसेका व्यक्तिबाट प्रयोग भएको भाषाका विषयमा निकै आलोचना समेत भएको छ। कतिपयले त उनको राजीनामाको समेत माग गरेका छन्। 

यस्तै, मुख्यमन्त्रीको विषय सेलाउन नपाउँदै प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले सञ्चारकर्मीलाई इंगित गर्दै गालिगलौज गरेको भिडियो भाइरल भएको छ।

साहले आफ्नो मन्त्रालयमा भ्रष्टाचार भएको प्रमाणित गरे पदबाट राजिनामा दिने भन्दै सञ्चारकर्मीलाई निकै फोहोर शब्द प्रयोग गरी गाली गरे। उनले आफ्नो मन्त्रालयबाट बजेट रकमान्तर गर्दा अर्थमन्त्रीलाई समेत पैसा दिएको भिडियोमा बताएका छन् । 

मन्त्री साह यसअघि पनि आफ्नो 'छाडा मुख' को कारण विवादमा आएका थिए। उनले सप्तरीमा सञ्चारकर्मीमाथि अपशब्द प्रयोग गर्दा विवादमा आएपछि निजी सचिवालयबाट विज्ञप्ति जारी गरी माफी समेत मागेका थिए। 

उनले मन्त्रालयमा पनि कर्मचारीलाई विभिन्न विषयमा छलफल हुँदा अपशब्द प्रयोग गर्ने र गाली गर्ने गुनासो कर्मचारीले नै गर्ने गरेका छन्। पछिल्लो समय प्रदेश २ का मन्त्रीले बोलिमा संयमता अपनाउन नसक्दा निकै विवादमा पर्ने गरेका छन्। मुख्यमन्त्री राउतले यस अघि पनि सार्वजनिक मञ्चबाटै गरिएको भाषणमा प्रतिनिधिसभाका सभामुखलाई इंगित गरी अपशब्द प्रयोग गरेका थिए। 

त्यसैगरी एक कार्यक्रममा उनले सार्वजनिक रुपमा लोकसेवा आयोगका अध्यक्षलाई 'फटाहा' र 'बेइमान' भनेका थिए। प्रदेशको मुख्य जिम्मेवार पदमा बसेका मुख्यमन्त्री र मन्त्रीका यस्तो छाडा बोलीले प्रदेशकै गरिमालाई धमिलो पारिरहेको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले बताए।

पदीय गरिमा र मर्यादालाई कायम गर्नुपर्ने काम मन्त्रीहरुको हुनुपर्नेमा यस्तो भाषाशैलीले उनीहरु जनताप्रति अनुत्तरदायी रहेको प्रष्ट रहेको मिश्रको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.