‘अपडेट नभए पार्टीबाट आउट’

‘अपडेट नभए पार्टीबाट आउट’

धरान : नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीमा निरन्तर अपडेट नभए कार्यकर्ता आउट हुने बताएका छन्। धरानमा ओयोजित अगुवा कार्यकर्ताको भेलालाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो बताएका छन्।

कार्यकर्ता र जनताको चाहना अनुसार पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच एकता भएको उल्लेख गर्दै पोखरेलले पार्टीमा निरन्तर अपडेट रहने कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताए।

पोखरेलले पार्टी एकीकरणका विषयमा असन्तुष्ट कार्यकर्तालाई सामाजिक सञ्जाल फेसबुकमा जथाभावी पार्टी नेतृत्वविरुद्ध नलेख्न निर्देशन दिए। पोखरेलले भने, ‘नेतृत्वविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा नलेख्नुहोस्’, पोखरेलले भने। 

उनले नेकपा केन्द्रीय सदस्यसमेत रहेका सुनसरी इन्चार्ज धर्म निरौलाको नामै लिएर फेसबुकमा लेखेको स्टाटसप्रति आपत्ति जनाए। उनले केन्द्रीय सदस्य बढी भएका जिल्लामा मात्र धेरै संख्यामा सह–इन्चार्ज तोकिएको प्रष्ट पारे। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.