चीनले बनाएको प्रहरी तालिम केन्द्रमा अमेरिकी सेना
काठमाडौं : चीनको सहयोगमा निर्माण भएको सशस्त्र प्रहरी बलको प्रशिक्षण प्रतिष्ठानमा अमेरिकी सेना सहभागी भएको छ। प्राथमिक उपचार सम्बन्धी ज्ञान आदानप्रदान कार्यक्रम एक सातासम्म चल्ने छ।
नेपालका १८ सदस्यलाई भेला गराएर प्राथमिक उपचारकसम्बन्धी संयुक्त ज्ञान आदानप्रदान गराएको दूतावासले जनाएको छ। अमेरिकी सैनिक र सशस्त्र प्रहरीबीचको यो दोस्रो अभ्यास हो।
गत २०७५ चैत २५ देखि २९ गतेसम्म सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद् व्यवस्थापन शिक्षालयमा पहिलो अभ्यास सञ्चालन भएको थियो। चन्द्रागिरीस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठानमा उक्त कार्यक्रम चलेको हो। उक्त प्रतिष्ठान चिनियाँ सहयोगमा निर्माण भएको हो।
विषय विद् आदानप्रदान कार्यक्रम अमेरिकी इन्डो प्यासिफिक कमान्ड (इन्डोपेकोम) र सशस्त्र प्रहरी बलबीचको साझेदारीको एक उदाहरण हो।
‘नेपाली र अमेरिकी फौजले आपसी सहकार्यमा एकार्काको पहिलो प्राथमिक उपचारक क्षमता कसरी वृद्धि गर्न सक्दा रहेछन् भन्ने कुरा कार्यक्रमबाट प्रदर्शित भएको छ,,’ इन्डोपेकोमका एक सहभागी एसएसजी नेथन ग्रीनले भने।
आ-आफ्नो बृहत् ज्ञान र प्रशिक्षण अनुभवको सदुपयोग गर्दै दुवै पक्षले एकार्काको विपद्सम्बन्धी पहिलो उपचारक क्षमता सुधारका लागि उत्कृष्ट अभ्यास तथा विचार आदानप्रदान गरेका छन्।
सुरक्षा सहयोगको प्रवद्र्धन, शान्तिपूर्ण विकासको प्रोत्साहन, आकस्मिक घटनाको प्रतिकार्य र हिंसात्मक घटनाको निवारणमार्फत् अमेरिकी इन्डोपेकोम क्षेत्रीय स्थायित्वलाई बढवा दिनप्रति प्रतिबद्ध रहेको दूतावासले जनाएको छ।