कांग्रेसमा अन्तरिम संरचना बनाउन तरखर

कांग्रेसमा अन्तरिम संरचना बनाउन तरखर

काठमाडौं : पार्टीका अन्तरिम संरचना निर्माण गर्न कांग्रेस जुटेको छ। दोस्रो चरणको जागरण अभियानअगावै प्रदेश समिति बनाउने कांग्रेसको तयारी छ। बिहीबारदेखि पुनः बसेको केन्द्रीय कार्यसमिति बैठकमा यसबारे छलफल अघि बढेको छ।

सभापति शेरबाहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पदाधिकारी र पूर्वपदाधिकारीबीच बुधबार साँझ यही विषयमा छलफल भएको थियो। पार्टी केन्द्रीय कार्यालय ललितपुरमा शीर्ष नेताहरूबीच पाँच घण्टाभन्दा बढी छलफल चलेको थियो। संक्रमणकालीन व्यवस्थाअनुसार अन्तरिम संरचना निर्माण र त्यसपछि १४ औं महाधिवेशनको कार्यतालिका बनाउने विषयमा नेताहरूले बिहीबारको बैठकमा आआफ्नो राय राखेका छन्। यही विषयमा बैठकमा नेताहरूले धारणा राखिरहेको प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारसँग बताए।

बिहीबारको बैठकमा महेश आचार्य, दिलेन्द्र बडू, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, मीन विश्वकर्मा, मोहन बस्नेतलगायत नेताले बोलेका थिए। शुक्रबार दिउँसो १ बजे पुनः बैठक बस्नेछ। ‘बुधबार भएको अनौपचारिक बैठकमा भदौ पहिलो साताभित्र प्रदेश समिति निर्माण गर्ने मोटामोटी समझदारी भएको थियो’, एक शीर्ष नेताले अन्नपूर्णसँग भने, ‘बिहीबारदेखि पुनः बसेको बैठकले यसबारे निर्णय गर्न सक्छ।’ भदौ २४ गतेदेखि कांग्रेसको दोस्रो चरणको जागरण अभियान सुरु हँुदै छ।

बैठकपछि जारी विज्ञप्तिअनुसार बैठक एजेन्डाको दोस्रो बुँदा पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्थाअनुसारको गठनपश्चात् १४औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल केन्द्रित थियो। २२ असारमा महामन्त्री पूर्णबहादुर खड्काले १४ वटा एजेन्डा प्रस्तुत गरेका थिए। बैठकको पहिलो एजेन्डामा संशोधित नियमावली पारित गर्ने बुँदा थियो। नियमावलीलाई लिएर विवाद जारी छ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले अन्तरिम संरचना निर्माण र लगत्तै १४ औं महाधिवेशनको कार्यतालिका बनाउने गरी गृहकार्य सुुरु भएको बताए। बैठकमा त्यही अनुरूप छलफल थालिएको उनको भनाइ छ। पार्टीको नयाँ विधानअनुसार अन्तरिम संरचना निर्वाचनमार्फत बनाउनुपर्ने प्रावधान छ।

कांग्रेसले प्रदेश, निर्वाचन क्षेत्र र स्थानीय तहहरूमा पार्टीका संरचना अन्त्तरिम रूपमा बनाउनुपर्नेछ। शीर्ष तहमा चरण–चरण गरी यी समिति बनाउने सहमति भएको एक नेताले बताए। पहिलो चरणमा प्रदेशस्तरीय, त्यसपछि निर्वाचन क्षेत्रस्तरीय अनि मात्र स्थानीय तहमा पार्टी संरचना बनाउने गरी छलफल भइरहेको नेताहरूले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.