पहिरोले सम्बन्ध विच्छेद भएको गाउँमा सेनाको हेलिकप्टरबाट खाद्यान्न

पहिरोले सम्बन्ध विच्छेद भएको गाउँमा सेनाको हेलिकप्टरबाट खाद्यान्न

उदयपुर : मौसम खुलेसँगै शुक्रबार उदयपुरको लिम्चुङ्ग गाउँपालिकामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी भएको छ। विराटनगरबाट सेनाको हेलिकोप्टरले खाद्यान्न लगेको हो। 

प्रदेस सरकारले उपलब्ध गराएको खाद्यान्नमध्ये शुक्रबार ४ हजार १ सय १० केजी चामल, २ सय ५० केजी दाल, १ सय ५० केजी नुन, १ सय ३० लिटर तेल उपलब्ध भएको गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताए। 

प्रतिकुल मौसमका बाबजुद दुई पटकमा गरी ४ हजार ६ सय ४० केजी खाद्यान्न आपूर्ति गर्न सफल भएको उनले बताए। 

पहिलोपटक २ हजार ४ सय ६० केजी लिएर उडेको हेलीले दोस्रोपटक मौसम अनुकुल नभएको भन्दै २ हजार १ सय ८० केजी मात्र लिएर उडेको अध्यक्ष राईले बताए। 

खराब मौसम हुँदा दोस्रो पटक हेलिकप्टर छिमेकी गाउँपालिकामा मात्र बस्न सकेको छ। दोस्रो उडानबाट हेलिकप्टरले ताप्लि गाउँपालिकामा खाद्यान्न झारेको हो। 

प्रदेश सरकारले दुई सातादेखि सम्पर्क विच्चेद भएका गाउँपालिकामा हेलिकप्टरबाट खाद्यान्न लाने निर्णय गरेको थियो। 

    
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.