इराक हमलामा १२ जना मारिए, दर्जनौँ घाइते
बगदाद : इराकको राजधानी बगदादमा लगातार भएका तीनवटा बम विस्फोटमा कम्तिमा १२ जना मारिएका छन् । अरु दर्जनौँ घाइते छन् ।
पहिलो हमला स्थानीय समयअनुसार बिहीबार बिहान ८ बजे पूर्वी काबुलस्थित सरकारी कर्मचारीहरुलाई बोकेर गुडिरहेको गाडीप्रति लक्षित थियो ।
जहाँ पाँचजना मारिए र १० जना घाइते भए । गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीका अनुसार मिनी बसमा भएको हमलापछि दोस्रोपटक आत्मघाती आक्रमण भएको हो ।
दोस्रो आत्मघाती हमलामा ७ जना मारिए र २० घाइते भएका हुन् । हमलामा मृतकको संख्या बढ्नसक्ने नसरतले बताएका छन् । काबुलको एउटा हमलाको जिम्मा भने तालिबानले लिएको छ ।