अन्तिम बलमा विकेट लिएर बिदा भए मालिंगा

अन्तिम बलमा विकेट लिएर बिदा भए मालिंगा

काठमाडौं : क्रिकेट दुनियाँमा बलिङको कलामार्फत दरिलो छाप छोड्न सफल श्रीलंकाली क्रिकेटर हुन् लासिथ मालिंगा । मालिंगाको खतरनाक योर्कर, जादुमयी बलिङ अब एकदिवसीय क्रिकेटमा देख्न पाइने छैन ।  

३५ वर्षीय फास्ट बलर मालिंगाले शुक्रबार एक दिवसीय फम्र्याटको क्रिकेटबाट सन्यास लिए । उनको बिदाई निकै सुखद बन्यो । शुक्रबारबाट सुरु भएको बंगलादेशविरुद्धको एक दिवसीय सिरिजको पहिलो खेल खेलेर मालिंगाले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका हुन् । कोलम्बो स्थित आर. प्रेमादासा क्रिकेट मैदानमा मालिंगाको बिदाई निकै सुखद रह्यो । 

सिरिजको पहिलो खेलमा श्रीलंकाले बंगलादेशमाथि ९१ रनको सानदार जित हात पार्‍यो । अन्तिम खेलमा श्रीलंकाको जितका लागि मालिंगाको प्रदर्शन पनि सम्झनलायक रह्यो ।  ९.४ ओभर बलिङ गरेका उनले २ मेडनसहित जम्मा ३८ रन दिएर ३ विकेट दिए । बंगलादेशको पहिलो र अन्तिम विकेट उनैले लिएका थिए । बंगलादेशका ओपनरद्वय तामिम इकबल र सौम्य सरकार दुवैलाई मालिंगाले बोल्ड आउट गरे । 

४२औं ओभरको चौथो बलमा उनले बंगलादेशका मुस्ताफिजुर रहमानलाई थिसरा परेराको हातबाट क्याच आउट गराए । मालिंगा आफ्नो एकदिवसीय क्रिकेटको अन्तिम बलमा विकेटकासाथ बिदाइ भए। अन्तिम खेलमा मालिंगाले ब्याटिङ गर्ने मौका पनि पाए । ६ बलमा ६ रन बनाउँदै नटआउट रहे । 
टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ८ किकेट गुमाएर ३१४ रन बनाएको थियो । ३१५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४१.४ ओभरमा २२३ बनाउँदा सबै विकेट गुमायो । 

सन्यासपछि बोल्दै मालिंगाले आफूले सही समयमा बिदाइ लिएको बताए । ‘म १५ वर्षदेखि एकदिवसीय क्रिकेट खेलिरहेको छु मेरो समय सकियो’ मालिंगाले भने–‘हामीसँग थुप्रै युवा बलरहरु छन् म उनीहरुलाई मौका दिन चाहान्छु।’ आफूले आफ्नो समयमा टोलीको जितका लागि सकेसम्म राम्रो गर्ने प्रयास गरेको भन्दै उनले युवा बलरहरुलाई पनि त्यो कला देखाउन सुझाव दिए । 

सन २००४ जुलाई १७ मा यूएईविरुद्धको खेलबाट एकदिवसीयमा डेब्यू गरेका मालिंगाले श्रीलंकाली टोलीबाट २२६ खेल खेले । २२० इनिङ खेल्दा उनले ३३८ विकेट लिएका छन् । मालिंगाको इकोनोमी रेट ५.३५ छ।

मालिंगाले अन्तिम खेललमा ३ विकेट लिँदै एक दिवसीयमा सर्वाधिक विकेट लिने नवौं खेलाडी बन्न सफल भए । उनले अन्तिम खेलमा ३३७ विकेट लिएका भारतका अनिल कुम्बेलाई पछि पारेका हुन् । 
ब्याटिङतर्फ उनले १२० इनिङमा मौका पाउँदा ५६७ रन बनाएका छन् । उनले एक अर्ध शतक बनाएका छन् । एक दिवसीयमा उनको उच्च स्कोर ५६ रन हो । 
 मालिंगाको बल फाल्ने कला बेग्लै छ । उनको बल सामाना गर्न जस्तासुकै ब्याट्समयानलाई पनि चुनौती हुने गर्छ । थुप्रै खेलमा मालिंगाले जित नजिक पुगेको अवस्थामा अन्य टोलीबाट जित खोसेका छन् । 
 टेस्ट क्रिकेटबाट २०१० मै विश्राम लिएका मालिंगाको जादुमयी बलिङ टी–ट्वीन्टी अन्तराष्ट्रिय क्रिकेट र लिगहरुमा भने अझै देख्न पाइनेछ ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.