राजदूत आचार्यले भेटे भारतीय विदेश मन्त्री जयशंकर

राजदूत आचार्यले भेटे भारतीय विदेश मन्त्री जयशंकर

काठमाडौं : भारतका लागि नेपाली राजदूत निलाम्बर अचार्यले भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्। नेपाल र भारतबीचको दुईपक्षीय मुद्दा, उच्चस्तरीय भ्रमण र आपसी चासोका विषयमा छलफल भएको छ। भारतीय विदेश मन्त्रालयमा शुक्रबार भएको दुईपक्षीय भेटमा नेपाल र भारतका समग्र विषयमा छलफल भएको दूतावासले जनाएको छ। 

विदेशमन्त्रीको जिम्मेवारी पाएका जयशंकरसँग राजदूत आचार्यको यो पहिलो औपचारिक भेटवार्ता हो। उनले भेटका लागि लगातार प्रयास गरे पनि कार्यव्यस्थता भन्दै जयशंकरले सार्दै आएका थिए। आचार्यले यसअघि पटकपटक विदेश सचिवसँग छलफल गरे पनि विदेशमन्त्री भेट्न पाएका थिएनन्। 

परराष्ट्र मन्त्रालयले भारतसँग संयुक्त आयोगको पाँचौं बैठकका लागि लगातार ताकेता गरिरहेको अवस्थामा राजदूत र विदेशमन्त्रीबीच भेट भएको हो। जयशंकरले संयुक्त आयोग बैठक केही समय पछिका लागि राखेको अधिकारीहरूले बताएका छन्। 

भेटमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दाको नेपाल भ्रमणका विषयमा छलफल भएको अधिकारीहरुले बताएका छन्। दिल्लीस्थित नेपाली अधिकारीका अनुसार राष्ट्रपति कोविन्दाको भ्रमण साउन अन्त्यमै हुने भनिए पनि थप एक महिना ढिलो गर्ने गरी कार्यक्रम अघि बढेको बताइएको छ। यद्यपि यसबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिन सकेको छैन।  ‘आज भएको भेटवार्ता औपचारिक हो। यसअघि पनि अनौपचारिक भेट भएका थिए। यस्तो भेटमा दुईपक्षीय समग्र विषयमा छलफल हुन्छ। यो वा त्यो विषय भन्ने हुँदैन,’ दिल्लीस्थिति नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले अन्नपूर्णसँग भने, ‘समग्र विषयमा छलफल भयो। ’ उच्चस्तरीय भ्रमणको विषय अझै स्पष्ट भइनसकेकाले आफूले अहिले बताउन नसक्ने उनले जानकारी दिए। 

जयशंकर विदेशसचिव रहँदा भारतले नेपालमा नाकाबन्दी लगाएको थियो। त्यसैले उनीप्रति नेपाली दृष्टिकोण नकारात्मक छ। त्यसैले जयशंकरले नेपालसँगको सम्बन्धलाई कसरी अघि बढाउँछन् भन्नेमा सबैको चासो छ। 

भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय भने नेपालसँगको सम्बन्धलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले ह्यान्डल गर्दै आएको बताउँछन्। उनले भने, ‘परराष्ट्रमन्त्री वा विदेश मन्त्रालयले कसरी हेर्छ भन्ने विषय खासै चिन्ता लिनुपर्ने अवस्था छैन। ’

राजदूत आचार्यले परराष्ट्रको निर्देशनअनुसार संयुक्त आयोगको बैठकको पहल गरेका थिए। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त बैठकका लागि दुईपटक आग्रह गरिसकेका छन्। समग्र विषयमा छलफल गर्दै उच्चस्तरीय भ्रमण तयारीका लागि संयुक्त आयोगको बैठक बस्छ। भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने अवस्था आयो भने बैठक भ्रमणअघि नै हुन्छ। तर राष्ट्रपति स्तरबाट भ्रमण हुँदा त्यसको आवश्यक पर्दैन। भारतीय राष्ट्रपतिको भ्रमणबारे पहल भइरहेको अधिकारीले बताए। परराष्ट्र सचिव शंकरदास बैरागीले भने तत्काल भ्रमणबारे आफूलाई जानकारी नभएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.