बक्सिङका लागि दुःखद साता

बक्सिङका लागि दुःखद साता

रियो दी जेनेरियो : खेलका क्रममा घाइते भएर एक साताको अवधिमा दुईजना बक्सिङ खेलाडीले ज्यान गुमाएका छन्। पछिल्लो पटक खेलका क्रममा गम्भीर घाइते भएका अर्जेन्टिनी मुक्केबाज ह्युगो सान्टिलनको निधन भएको हो। त्यसको दुई दिनअघि रुसी मुक्केबाज म्याक्सिम दादासेभको मृत्यु भएको थियो। उनी पनि खेलका क्रममा घाइते भएका थिए।

अर्जेन्टिनी मुक्केबाज सान्टिलन गत शनिबार डब्लूबीसी ल्याटिनो सिल्भर लाइटवेट उपाधि भिडन्तका क्रममा घाइते भएका थिए। २३ वर्षीय सान्टिलनको टाउकोमा गम्भीर चोट लागेको थियो। टाउकोमा चोट लागेपछि उनी अचेत भई रिङमै ढलेका थिए। त्यसपछि उनलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो।

तर, उपचारका क्रममा बिहीबार राति उनको निधन भयो। भिडन्तका क्रममा उरुग्वेका प्रतिद्वन्द्वी एडुआर्डो जाभियर अब्रेउले गरेको शक्तिशाली प्रहार सान्टिलनको टाउकोमा लागेको थियो। अस्पताल पुर्‍याएपछि उनको टाउकोको शल्यक्रिया पनि गरिएको थियो। ‘ह्युगो सान्टिलन, तिम्रो स्वर्गमा बास होस्’, उनको निधनको समाचार सार्वजनिक भएपछि विश्व बक्सिङ काउन्सिल (डब्लूबीसी)ले जारी गरेको शोक वक्तव्यमा भनिएको छ।

सान्टिलनले सन् २०१५ देखि बक्सिङदेखि बक्सिङ खेल्न थालेका हुन्। यसबीचमा उनले २७ वटा भिडन्तमा भाग लिएका थिए। तीमध्ये १९ खेलमा उनले जित हात पारेका थिए। ६ खेलमा उनी पराजित भएका थिए भने दुई खेल बराबरीमा सकिएको थियो। उनी अर्जेन्टिनाका लोकप्रिय मुक्केबाज थिए।

यो साता खेलका क्रममा घाइते भएर ज्यान गुमाउने सान्टिलन दोस्रो मुक्केबाज हुन्। गत मंगलबार मात्र विपक्षीको प्रहारबाट गम्भीर रूपमा घाइते भएका २८ वर्षीय रुसी मुक्केबाज दादासेभको उपचारका क्रममा निधन भएको थियो। गत शुक्रबार मेरिल्यान्डमा भएको आईबीएफ लाइट वेल्टरवेट भिडन्तका क्रममा प्रतिद्वन्द्वी सब्रियल माटियसको शक्तिशाली प्रहार दादासेभको टाउकोमा लागेको थियो।

भिडन्तको ११औं चरणमा माटियसको प्रहारबाट अचेत भई दादासेभ रिङमै ढलेका थिए। त्यसपछि उनलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। उनको मस्तिष्कमा आन्तरिक रक्तस्राव भएको थियो। तत्काल शल्यक्रिया गरिए पनि चार दिनपछि उपचारका क्रममा उनको निधन भएको थियो। ‘बक्सिङका लागि दुःखद साता’, बक्सिङ प्रवद्र्धक साउरल्यान्डले सामाजिक सञ्चाल ट्वीटरमा ट्वीट गरेका छन्।

पछिल्लो समय विश्वव्यापी रूपमा बक्सिङ खेलका क्रममा घाइते भएर ज्यान गुमाउने खेलाडीको संख्या बढ्दो छ। यसप्रति बक्सिङसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरू पनि चिन्तित देखिएका छन्। बक्सिङ खेलका क्रममा हुने जोमिख कम गर्न सम्बद्ध निकायहरूले विभिन्न अध्ययन अनुसन्धान पनि गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.