आइतबारदेखि शैक्षिक मेला
काठमाडौं : पाचौं व्यवस्थापन तथा आईटी सम्बन्धी शैक्षिक मेला आइतबारदेखि आयोजना हुने भएको छ। पाठशाला एजुकेसन फाउन्डेसनले साउन १२ र १३ मा बुद्धनगरस्थित हिरा पार्टी प्यालेसमा मेला आयोजना गर्न लागेको हो।
शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएससी, सीएसआईटी, बीबीए, बीएससी, सीएसआईटी, बीएलटी, बीआईएम, बीएचएम, बीबीआईएस, बीटीटीएम, बीबीएम, बीएचटीएम, बीएसडब्लू, बीबीएस, बीबीए बीआई, बीई, बीडीएफइनलगायत शैक्षिक उपाधि प्रदान गर्ने ३१ शैक्षिक संस्था सहभागी हुने बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो।
झण्डै ५० वटा स्टल रहने मेलामा करिब चार हजार विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ। नेपालमै व्यवस्थापन तथा आईटीतर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न सकिने पाठशाला एजुकेसन फाउन्डेसनका अध्यक्ष सञ्जय मण्डलले बताए।
मेलाको इभेन्ट म्यानेजर इन्टरडक्सन टे«ड सो नेपाल प्रालिका प्रबन्ध निर्देशक सुमन महर्जनले मेलामा अधिकांश कलेजको आकर्षण रहेको बताए। शैक्षिक मेलाको आयोजकमा पाठशाला एजुकेसन फाउन्डेसन, इन एसोसिएसन विथ किङ्स कलेज, पावर वाई नामी कलेज छन्।