बाल विवाह रोक्न बाल कचहरी

बाल विवाह रोक्न बाल कचहरी

बाजुरा ः बुढीगंगा नगरपालिकाले बाल विवाह रोक्न बाल कचहरी संचालन गरेको छ।  कचहरीमा बाल विवाह हुनुका कारण, रोकथामका उपाय, सरोकारवाला निकायको जिम्मेवारी र बालबालिका स्वयम्को भूमिकाबारे खुला छलफल गर्न नगरपालिकास्तरिय कचहरी संचालन भएको हो। 

स्थानीय तह विभिन्न गैरसरकारी संस्थासँग मिलेर जनचेतना मुलक कार्यक्रमहरु गरिरहेपनि बाल विबाहमा कमी नआएपछि कचहरी सुरु गरिएको बुढिगंगा नगरपालिका प्रवक्ता माया शाहले जानकारी दिइन्। 

कानुनी रुपमै अपराधका रुपमा रहेको बाल विवाहलाई अन्त्यका लागि गाउँ तहबाटै अभ्यास थालनी गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तीलक थापाले जानकारी दिए।

नगरपालिकाका १०वटै वडाका बालबालिका, नगरकार्यपालिकाका सदस्य, उपप्रमुख सहित वडाअध्यक्ष पनि कचहरीमा सहभागि भएका थिए। कचहरी नगरपालिको पीसविन र गुड नेवर्स इन्टरनेशनलसँगको सहकार्यमा संचालन गरिएको नगर प्रवक्ता माया शाहले बताइन्।
    
बुढीगंगामा वर्षेनी ५५ प्रतिशत बढीले बाल विवाह गर्ने गरेको तथ्याकं छ। ०७२ देखि ०७५ सालसम्म नगरपालिकाभित्र २ सय ८० वटा विवाह भएका छन्। ती मध्ये १ सय ५७ जनाले बाल विवाह गरेको पाइएको छ। 

बाल विवाह गर्नेमा बालकको भन्दा बालिकाको संख्या बढी रहेको तथ्याङ्क छ। बाल विवाह गर्नेमा १४ देखि १५ वर्ष सम्मका १०.२ प्रतिशत, १६ देखि १७ वर्ष उमेर समुहका ४२ प्रतिशत र १८ देखि १९ वर्षसम्मका ४७ प्रतिशत रहेका छन्। बाल कचहरीमा बाल विवाह रोक्न ठोस नीति र निर्णय गर्न जनप्रतिनिधि सहमत भएका छन्। 
    
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.