धरानका सडकको यो हालत

धरानका सडकको यो हालत

धरान : पूर्वका सुन्दर सहरमध्ये धरान एक हो। धरानलाई धार्मिक र पर्यटकीय सहरका रुपमा धेरैले चिन्छन्।

उपमहानगरले सडक निर्माणमा ध्यान नदिँदा यत्तिबेला धरानका सडक खाल्डैखाल्डामा परिणत भएका छन्। यसमा सडक विभागको लापरबाही पनि उस्तै देखिन्छ। त्यसैले त सुन्दर धरानका सडक कुरुप बन्दै गएका छन्। 

धरानबासी दैनिक जीर्ण सडकमा कष्टकर यात्रा गर्न बाध्य छन्। अधिकांश सडक जीर्ण बन्दा पनि उपमहानगर र सडक विभागको ध्यान पुगेको छैन। 

धरानको मुख्य प्रवेशद्वार तीनकुने, बरगाछी, भोटेपुल, ट्राफिक चोक, मुख्य बजार क्षेत्र भानुचोक, छाता चोक, लक्ष्मी चोक, जिरो पोइन्टसम्मको सडकभरी खाल्डै खाल्डा छन्। भोटेपुलदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने बाटो पनि खाल्डैखाल्डा भएको छ। 

धरानका धार्मिकस्थल विजयपुरको बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर मन्दिर जानेबाटोको हालत पनि उस्तै छ।  बजार क्षेत्रका दर्जनौ सडकको हालत उस्तै छ। सडक विभाग र धरान उपमहानगरपालिकाको कार्यक्षेत्र भित्र पर्ने अधिकांश सडक जीर्ण हुँदासमेत दुबै निकायले मर्मतका लागि चासो देखाएका छैनन्। 

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले धरानका सडक जताततै जीर्ण बनेका कारण धरान बजार कुरुप बनेको बताए। धरानका यातायात मजदुर नेता लक्ष्मी बानियाँले वर्षौदेखि जीर्ण सडक मर्मत नहँुदा यातायातका साधन संचालनमा गम्भीर समस्या भएको बताए। 

धरान उपमहानगरकी कार्यबाहक मेयर मञ्जु भण्डारीले वर्षाका कारण जीर्ण सडक मर्मतमा ढिलाई भएको बताइन्। सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर सुप्रिम चुडालले धरानको सडकको ठेक्का लिएको ठेकेदार कम्पनी एआरजी निर्माण सेवाले समयमा काम नगरेका काराण सडक मर्मत हुन नसकेको बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.