अमेरिकी सीमाकाे पर्खालदेखि फिलिपिन्सको भूकम्पसम्म, कहाँ के भयाे ?

अमेरिकी सीमाकाे पर्खालदेखि फिलिपिन्सको भूकम्पसम्म, कहाँ के भयाे ?

ट्रम्पले पाउने भए मेक्सिको सीमामा पर्खाल लगाउन साढे २ अर्ब डलर

वासिङ्टन : अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँगको पर्खाल लगाउन राष्ट्रपति डोनल्ड ट्रम्पले सैनिक कोषबाट साढे २ अर्ब डलर खर्च गर्न पाउने भन्दै फैसला गरिदिएको छ ।

राष्ट्रपतिले सीमा क्षेत्रमा पर्खाल लगाउन उक्त रकम प्रयोग गर्ने भनेपछि त्यसको विपक्षमा र पक्षमा अदालतमा मुद्दा परेको थियो । २०१६ को चुनावदेखि नै आफ्नो नारा बनाउँदैआएका ट्रम्पले भने अदालतको फैसलालाई आफ्नो ठूलो जित भन्दै प्रतिक्रिया दिएका छन् ।

अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसीले भने उक्त फैसलालाई गम्भीर त्रुटी भन्दै विरोध जनाएकी छन् । उनीलगायत डेमोक्र्याट्सले नै अदालतको फैसलामा विरोध जनाएको छ ।

पाकिस्तानमा महिला जिस्क्याएको भन्दै पुरुष पक्राउ


इस्लामाबाद : पाकिस्तानको लाहोरमा महिलाहरुको एक समुहलाई जिस्क्याउँदै यौनिक रुपमा शोषण गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । बिहीबार पीडित युवती र उनका साथीहरुबीच ट्वीटरमा ती व्यक्तिले जिस्क्याएको कुराबारे भएको कुराकानीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पीडित युवती विद्यार्थी हुन् । यस्तै गरी जिस्क्याउने हुँदा सार्वजनिक स्थलमा जान युवतीहरु डराउँछन् भन्दै पीडित युवतीले घटना सार्वजनिक गरेकी थिइन् ।साथीहरुसँगै रिक्स चढेर घर फर्कँदै गरेकी ती युवतीलाई मोटरसाइकलबाट पछ्याउँदै गरेका युवाले जिस्क्याएका थिए ।


हिजबुल्लाहले गर्यो इजरायलको आरोपको प्रतिवाद


लेबनन : हतियार तथा हतियारलाई चाहिने प्रविधि अवैध रुपमा समुद्री बाटो हुँदै लेबननसम्म आयात गर्दैआएको भन्दै हिजबुल्लाहलाई इजरायलले लगाएको आरोप हिजबुल्लाहका नेताले अस्वीकार गरेका छन् ।

संयुक्त राष्ट्रसंघको बैठकमा इजरायली प्रतिनिधिले उठाएको यस्तो मुद्दालाई  हिजबुल्लाहका प्रमुख हसान नसरल्लाहले प्रतिवाद गरेका हुन् । ‘इजरायली प्रतिनिधिले सुरक्षा परिषद्को बैठकमा लगाएको आरोप म पूर्ण रुपमा अस्वीकार गर्छु,’ नसरल्लाहले टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रतिवाद गरेका हुन् ।

फिलिपिन्समा लगातार दुई भूकम्प, आठजनाको ज्यान गयो

मनिला : फिलिपिन्सको बातानेस प्रान्तस्थित शनिबार दुई भूकम्प जाँदा ८ जनाको मृत्यु भएको छ । अरु ६० जना घाइते छन् । पहिलो ५.४ र दोस्रो ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । जहाँ थुप्रै घाइतेहरु भत्किएका घरमा च्यापिएको बताइएको छ ।

भूकम्पपछि सूनामीको पूर्वसूचना नदिइएकाले थप क्षतिको आंकलन गरिएको छैन । भूकम्प गएको प्रान्त टापुले भरिएको क्षेत्र हो ।

चीनमा पहिरोमा २४ को मृत्यु, २७ बेपत्ता


बेइजिङ : चीनको दक्षिण पश्चिम क्षेत्रस्थित ग्वुइझाओ प्रान्तमा पहिरोका कारण २४ जनाको ज्यान गएको छ । २७ जना हराइरहेका छन् ।

स्थानीय अधिकारीका अनुसार प्रारम्भीक अनुसन्धानका अनुसार पहिरोबाट ७७ जना मानिस प्रभावित भएका छन् । हराइरहेकाहरुको खोजी कार्य अहिले पनि जारी छ ।

गुरुद्वाराका पूजारीमाथि अमेरिकामा दुव्र्यवहार र आक्रमण


वासिङ्टन : गुरुद्वाराका एक पूजारीमाथि अमेरिकाको क्यालिफोर्नियामा दुव्र्यवहार साथै हातपात गरिएको बताइएको छ । अमरजित सिंह नामका पूजारीलाई मास्क लगाएका व्यक्तिहरुले आक्रमण गर्दै आफ्नै देश फर्कन भन्दै हमला गरेका हुन् ।

शिख समुदायका ती पूजारीमाथिको आक्रमणलाई विभेद्को रुपमा मुद्दा उठेको छ । घटनापछि प्रहरीले अनुसन्धान गर्ने जनाएको छ । घटनापछि पीडित अमरजित मिडियासामु आएर सार्वजनिक गरेका हुन् ।


हङकङमा हजारौं प्रदर्शनकारी सडकमा

हङकङ : हङकङमा केही हप्तादेखि नै जारी प्रदर्शन शनिबार झन चर्किएको छ । प्रहरीले शनिबारको प्रदर्शनमा प्रतिबन्ध लगाए पनि ‘प्रजातन्त्रवादी प्रदर्शनकारी’हरु सडकमा उत्रिएका हुन् ।

हजारौंको संख्यामा उनीहरु यूएन लङ सहरमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले प्रहरीविरुद्ध नारावाजी गरेका छन् । प्रदर्शनको क्रममा घुसपैठ गरी आक्रमण गर्ने समुहलाई प्रहरीले बेवास्ता गरेको भन्दै त्यसविरुद्ध उनीहरु आक्रामक बनेका छन् ।

हङकङमा एउटा सुपुर्दगी विधेयकको विरोधसँगै सुरु भएको प्रदर्शन केही हप्तादेखि चल्दैआएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.