जिम्बु टिप्ने क्रममा लडेर मृत्यु
मुस्ताङ : मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ नजिकैको कालोभीरमा जिम्बु खोज्न गएका एक युवकको लडेर मृत्यु भएको छ । घरपझोङ–३ स्याङ बस्ने ३० वर्षीय सुमित परियारको लडेर मृत्यु भएको हो ।
स्थानीय कैलाश थकाली र विशन परियारसँगै जिम्बु टिप्न गएका उनको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए ।
उनको शव क्षतविक्षत अवस्थामा भेटिएको थियो । उनको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको बताएको छ ।