रियल म्याड्रिडविरुद्ध कोस्टाको चार गोल

रियल म्याड्रिडविरुद्ध कोस्टाको चार गोल

न्यु जर्सी  : डिएगो कोस्टा एक्लैले चार गोल गरेपछि एट्लेटिको म्याड्रिडले इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा रियल म्याड्रिडलाई ७–३ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

अमेरिकाको न्यु जर्सीमा भएको खेलमा कोस्टाले ह्याट्रिकसहित चार गोल गरे। स्पेनका दुई छिमेकी क्लबबीचको भिडन्त निकै रोचक बनेको थियो। लगातार गोलको वर्षा, ह्याट्रिक र दुई रातो कार्डले खेललाई निकै रोचक बनाएको थियो।

एट्लेटिकोको जितमा कोस्टाले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए। पहिलो मिनेटमै गोल गरेका कोस्टाले त्यसपछि खेलको २८ र ४५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो हाफको ५१औं मिनेटमा चौथो गोल गरेका थिए।

कोस्टा दोस्रो हाफमा भने रातो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए। खेलको ६४औं मिनेटमा कोस्टा र रियलका डानिएल कार्भाजललाई रेफ्रीले रातो कार्ड दिएका थिए। यी दुई खेलाडी मैदानमै विवादमा उत्रिएपछि रेफ्रीले रातो कार्ड देखाएका थिए।

एट्लेटिकोका लागि जोओ फेलिक्सले आठौं, एन्जल कोरेराले १९औं र भिटोलोले ७०औं मिनेटमा गोल गरेका थिए। रियल म्याड्रिडका नाचो फर्नान्डेजले ५९, करिम बेन्जामाले ८५ र ज्याभिएर हर्नान्डेजले ८९औं मिनेटमा गोल गरेका थिए। एट्लेटिकोले यसअघि मेक्सिकन क्लब गाडालाबाजारालाई पराजित गरेको थियो।

नयाँ खेलाडी अनुबन्धनमा ठूलो धनराशि खर्च गरेको रियलले लगातार खराब नतिजा बेहोर्दै आएको छ।

च्याम्पियनसिपमा रियलको भने दोस्रो हार हो। पहिलो खेलमा वायर्न म्युनिखसँग ३–१ गोलले पराजित भएकोे रियलले इङ्लिस क्लब आर्सनललाई टाइब्रेकरमा पराजित गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.