नेपालका लागि खतरनाक बनेका रोहन आउट
काठमाडौं : सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपाल अहिले सिंगापुरको सामना गरिरहेको छ । सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपाल सिंगापुरविरुद्ध बलिङ गरिरहेको छ ।
नेपालका लागि अभिनाश बोहराले सिंगापुरको दोस्रो विकेट लिएका छन् । बोहराले नेपालका लागि खतरनाक सावित भइरहेका रोहन रंगरजनलाई क्याच आउट गराएका छन् । रोहन ३३ बलमा ४९ रन बनाएर आउट भएका छन् ।
नेपालविरुद्ध सिंगापुरको ८९ रनको साझेदारी तोडिएको छ । नेपालले सिंगापुरको एक विकेट लिएको छ । दोस्रो ओभरमा १० रन हुँदा करण केसीले सिंगापुरको विकेट लिएका थिए । त्यसपछि सिंगापुरका ब्याट्सम्यानले नेपालमाथि दबाब बानइरहेका थिए ।
१२ ओभरको समाप्तिमा सिंगापुरले १०९ रन बनाएको छ । २ विकेट को क्षतिमा ।