अभिनाश बोहराले लिए लगातार २ विकेट
काठमाडौं : सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपाल अहिले सिंगापुरको सामना गरिरहेको छ । सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपाल सिंगापुरविरुद्ध बलिङ गरिरहेको छ ।
अभिनाश बोहराले लगातार सिंगापुरको २ विकेट लिएका छन् । १८ औं ओभरमा बोहराले २ विकेट लिएका हुन् । ४३ बलमा ७७ रन बनाइरहेका टिप हुड आउट भएका छन् । चेतन सूर्यवंशी शून्य रनमा आउट भएका छन् ।
बोहराले नेपालका लागि खतरनाक सावित भइरहेका रोहन रंगरजनलाई क्याच आउट गराएका थिए । रोहन ३३ बलमा ४९ रन बनाएर आउट भएका छन् ।
१९ ओभर सकिँदा ओभरमा सिंगापुरको स्कोर १८५ रन छ ५ विकेटको क्षतिमा