नेपाललाई दोस्रो झट्का
काठमाडौं : सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपाल अहिले सिंगापुरको सामना गरिरहेको छ। सिंगापुरले नेपाललाई जितका लागि १९२ रनको लक्ष्य दिएको छ। सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले सिंगापुरविरुद्ध बलिङ गरेको थियो। सिंगापुरले २० ओभरमा ६ विकेटको क्षतिमा १९१ रन जोड्यो।
१९२ रनको लक्ष्य पछ्याउँदै नेपाली टोलीले ब्याटिङ गरिरहेको छ ।
नेपाललाई दोस्रो झट्का लागेको छ ज्ञानेन्द्र मल्ल २१ बलमा ३९ रन बनाएर आउट भएका छन् । पारस खड्का १० बलमा १२ रन बनाएर आउट भएका थिए । अहिले७ ओभर सकिँदा ५९ रन बनाएको छ ।