एक सातासम्म किन स्थिर रह्‍यो सुनको मूल्य ?

एक सातासम्म किन स्थिर रह्‍यो  सुनको मूल्य ?

काठमाडौं : सुनको भाउ एक हप्तादेखि स्थिर छ।साउन २ गतेदेखि उकालो लागेको सुनको भाउ साउन ५ गतेदेखि रोकिएको हो। साउन १ गते ६४ हजार ५ सयमा कारोबार भएको सुन २ गते तोलामा ५ सयले बढेर ६५ हजार पुगेको थियो। साउन २ देखि तोलाको ६५ हजारमा कारोबार भएको सुन साउन ३ गते फेरि ५०० ले बढेर ६५ हजार ५ सयमा कारोबार भएको थियो।आज अर्थात् आइतबार सुनको भाउ ६५ हजारमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।तेजावी सुन भने ६४ हजार ७०० सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, सुनको भाउ बढेसँगै चाँदीको भाउमा पनि वृद्धि भएको छ।

साउन १ गते ७४५ रुपयाँमा कारोबार भएको चाँदी साउन २ गते २० रुपैयाँले बढेर ७६५मा कारोबार भएको थियो। त्यस्तै साउन ३ गते तोलामा ५ रुपैयाँले बढेर ७७० रुपैयाँ पुगेको थियो। साउन ५ देखि सुन र चाँदीको भाउ स्थिर छ।साउन पाँच गते तोलामा ५ सयले घटर ६५ हजारमा कारोबार भएको सुन १२ गतेसम्म सोही मूल्यमा कारोबार भइरहेको छ। 

यस्तै, चाँदीको मूल्य भने थोरैले बढेको छ।आइतबार चाँदीको मूल्य ७७५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। 

सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार एक हप्तासम्म सुनको मूल्य स्थिर रहनुमा अन्तर्राष्ट्रिय बजारमा डलरको भाउमा खासै परिवर्तन नहुनु हो। उनले भने,' अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य घटबढ नहुँदा सुनको मूल्य स्थिर रहेको हो।अझैं एक हप्तासम्म सुनको भाउ स्थिर रहने संभावना छ।' लगानीकर्ताका लागि अहिले 'पर्ख र हेर' को अवस्था रहेको उनको भनाइ छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.