दशगजाका मुसहरको दशा

दशगजाका मुसहरको दशा

जनकपुरधाम : महोत्तरीको मनरासिसवा नगरपालिका—१० स्थित मधवा गाउँ भारत नेपाल सीमानामा अवस्थीत छ। गाउँ नेपालकै भए पनि गाउँका दलितहरुको बसोबास दशगजामा छ। पुर्खौदेखि नेपाल भारतको दशगजामा बस्ती बनाएर बस्दै आएका ४५ परिवार मुसहरहरुको जीवन निकै दयनीय छ।

बर्खा लागदेखि नै मुसहरी टोलमा खुट्टा टेक्न सक्ने बाटो छैन। चारैतिर वर्षाको पानीले हिलाम्य छ। घरैपिच्छे हिलोमाटोले हिडिनसक्नु छ। एक फिटजति हिलोमा खुट्टा गाडेर मुसहरहरु आउजाउ गरिरहेका छन्। कतिको फुसले बनाइएको घरको छाना र कतिको पर्खाल बाढीले भत्काएको छ। भत्किएका पर्खाल र उडेका छानाहरु जेनतेन समेटेर मुसहरहरु बसिरहेका छन्।

यो बस्तीमा जाने जो कोहीको भन्छन् ‘यस्तो अवस्थामा पनि कसरी बस्न सकेका होलान् ? ’ बाढी प्रभावित क्षेत्रमा सबै तहका सरकारको उपस्थिति हुँदा मसहरी टोलमा भने कुनै निकायको ध्यान पुग्न सकेको छैन। ‘स्थानीय सरकार गठनपछि अधिकांश गाउँका बाटो पक्की बनेका छन्। तर, मुसहरी टोल भने जस्ताको त्यस्तै छ’ स्थानीय किसुनी सदा भन्छन्, ‘महिनौंसम्म हिलाम्य रहने मुसहरीको बाटोमा कतैबाट एक टिपर गिट्टीसमेत हालिएको छैन।’

गाउँका अलि सम्पन्न परिवारहरु भने सहरी क्षेत्रमा बसाई सरेपछि गाउँमा एकपटक पनि नर्फिएको उनी बताउँछन्। ‘हम्मर सभके जीनगिए माटिमे बितलै (हाम्रो त जीवन नै माटोमा बित्यो),’ सदाले थपे, ‘भोट माँग्न आउने बेला नेताहरुले टोलको विकास गर्छु भनेका थिए तर अहिले यो टोल दशगजामा छ। यहाँ केही गर्न मिल्दैन भन्ने जवाफ फर्काउँछन्।’ दशगजामा बस्ने मुसहरी टोलका सबै मुसहरहरुसँग नेपाली नागरिकता छ। तर उनीहरुले भारतीय भू—भागमा बसोबास गरिरहेको हुनाले कतिखेर उठीबास हुन हो भन्न चिन्तामा बसिरहेका छन्।

तीन वर्ष पहिले भारतीय सीमा सुरक्षा बलका जवानहरुले मुसहरी टोललाई तहसनहस बनाएको थियो। मुसहरहरुको घर नै उजाडियो। भारतीय भू—भागमा अनाधिकृत बसोबास गरेको भन्दै उजाडिएका मुसहरहरुलाई बसोबासका लागि सास्ती नै भएको थियो। ‘जति खेर पनि भारतीय पुलिसहरु आउने र डरधाक देखाउने गर्छन्,’ लक्ष्मी नारायण माझीले भने, ‘हामीलाई बासको ठेगान नै छैन् भने यो बाटोहरुको कुरा गर्नु त बेकार नै छ।’ यहि माटोहिलो हाम्रो जीवन बनिसकेको छ।

एसएसबीले बस्ती उजाडेपछि मुसहरहरुले गाउँको मन्दिर, विद्यालय र कतिपयले खुल्ला चौरमा हप्तौसम्म दिनरात बिताउनुपरेको पीडा सुनाए। अन्यत्र बस्ने ठाउँ नभएपछि पुनः उनीहरु सोही दशगजामा घर बनाउँदै बसे। गाउँका केही व्यक्तिहरुको पहलमा मुसहरी टोलको बाटो बनाउने प्रयास गरिए पनि भारतीय एसएसबीहरुले आएर दशगजामा कुनै काम गर्न पाउँदैनौं भन्दै रोक लगाएको रामप्रसाद सदाले बताए।

टोलमा कोहीले पनि आधारभूत तहसम्मको शिक्षा लिएका छैनन्। ‘यहाँ कोही पनि पढेलेखेको छैन। कहाँ गएर गुनासो सुनाउने हो त्यो पनि थाहा छैन’ रामप्रसादले भने ‘वअध्यक्षहरु आउँदा गाउँमा ठूलाबडालाई भेट्छन्, मुसहरी आउने फुर्सद कसैलाई छैन्।’ मुसहरी फोहोर छ भन्दै हेपिने गरिए पनि कुनै मेहनत मजदुरीको काम भए मात्र मुसहरहरुलाई खोज्ने गरिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.