काठमाडौंमा बिहानै तेजिलो घाम, अस्वभाविक हो ?

काठमाडौंमा बिहानै तेजिलो घाम, अस्वभाविक हो ?

काठमाडौं : शिक्षक पदमराज जोशी सधैजस्तो कलेज पढाउन बिहानै निस्के, अचानक उनको आँखामा असजिलोपना महसुस गरे। बिहानको घाम हेर्न उनलाई गाह्रो भयो। आँखा बिजाएजस्तो चिलाएजस्तो भयो। बिहानै नुहाएकोले चिसोले वा बाटोको धुलोले पनि होला भन्ने लाग्यो उनलाई। तर जब बाटोमा उनले साथीलाई भेटेर सोधे, उसले पनि त्यही समस्या बतायो। जोशीका साथीले त्यही भने, आज धेरै चम्किलो घाम छ, हेर्न सकिँदैन। 

सोमबार बिहान साढे ६ बजे घरबाट निस्किएका गंगबुका सरोज घिमिरे पनि चर्को र चम्किलो घाम देखेर अचम्बित बने। एक बिहानैको घामले उनलाई मध्यान्ह १२ बजेको आभास भयो।  

सोमबार बिहान धेरैले अनुभव गरेको समस्या हो। चम्किलो घामतिर हेर्दा धेरैले आँखा मिच्नुपर्ने अवस्था थियो। आपसमा धेरैले सोधिरहेका थिए, आज के भएको? घाममा हेर्न सकिँदैन। यो  जिज्ञासा मौसम विभागसम्म पनि पुग्यो। विभागले सूर्यको तीब्रता केही अस्भाविकपना छ कि भनेर परीक्षण पनि गर्यो। 

काठमाडौंमा बिहानै लागेको चर्काे घाम । तस्बिर : विकास कार्की 

केहीदिन देखि दिनभरमा वर्षा, बदली र घाम लाग्ने भई मौसममा परिवर्तन देखिइरहेको छ। यसैबीच सोमबार बिहानै काठमाडौंमा सूर्यको चम्किलोपना निकै देखियो। 

केहीले आज सूर्य अस्वभाविक चम्किलो भएको र आँखा हेर्नलाई नै कठीन भएको भनेर चर्चा गरे। आजभन्दा अगाडी यस्तो कहिल्यै नभएको भन्ने जस्ता हल्ला पनि सुनिए।  के सूर्य अरुदिनभन्दा बढी चम्किएको हो र?

अरुदिनभन्दा सूर्य चम्किलो भएको भएपनि त्यो अप्रत्यासित भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  सूर्यको किरणको तीब्रता watt/m2 (वाट/मिटर स्क्वायर)मा नापिन्छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार एक सातामा शनिबार र सोमबार बिहान सूर्यको तीब्रता केही बढी देखिएको हो। ललितपुरको खुमलटार स्टेसनबाट मापन गर्दा शनिबार सूर्यको तीब्रता २१८ watt/m2 थियो। आज बिहान १७५ watt/m2 थियो। 

यो अरु दिनभन्दा बढी भएपनि त्यस्तो अप्रत्याशित नरहेको मौसमविद वरुण पौडेलले बताए। ‘सूर्यको किरणको तीब्रता घटबढ भइरहन्छ’ मौसाविद् पौडेलले भने-‘यो कहिल्यै नहुने घटना भएको होइन, बिहानै चर्को घाम लाग्दा त्यस्तो अनुभव भएको हुनसक्छ’। वर्षापछि वायुमण्डलमा रहेको डस्ट सफा हुँदा त्यसबेला पनि सूर्यको किरण चर्को हुने उनको भनाई छ। 

बादल लागिरहेका बेला बादलको बीचबाट सूर्य देखिँदा पनि किरण फोकस भएर अलि चम्किलो देखिने पौडेल बताउँछन्। 

सूर्यको तीब्रता दिनभरमै कयौं पटक घटबढ भइरहने र स्थानअनुसार फरक हुने पौडेलले जानकारी दिए। हल्ला गरेअनुसार काठमाडौंमा आज बिहानै देखिएको चम्किलो घाम नौलो घटना भने नभएको उनले स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.