भारतमा ‘जय श्रीराम’ नारा लगाउन इन्कार गर्ने मुस्लिम किशोरलाई जलाइयाे !
उत्तर प्रदेश : भारतको उत्तर प्रदेशस्थित चन्डौली जिल्लामा १५ वर्षीय मुस्लिम किशोरलाई ‘जय श्रीराम’ नारा लगाउन इन्कार गरेको भन्दै यहाँका हिन्दु समुदायको एक भीडले आगो लगाइदिएको छ ।
भारतीय च्यानल ‘आईएएनएस’को रिपोर्टअनुसार ती किशोरलाई अहिले उद्धार गरी वाराणसीस्थित कबिर चौरा हस्पिटलमा उपचार गराइएको छ । ‘म दुधारी पुलमा हिँडिरहँदा चारजना मान्छेले मलाई अपहरण गरे । तीमध्ये दुईजनाले मेरो हात समाते र तेस्रोले ममाथि मट्टीतेल खन्याइदियो । त्यसपछि मलाई आगो लगाए, तर म भागेँ,’ ती किशोरले भने ।
स्थानीय प्रहरीले भने ती किशोरले आफ्नो वयान फेरेको जनाएको छ । ४५ प्रतिशत भागमा आगो लागेको अवस्थामा उनी अस्पताल भर्ना भएका हुन् ।