सरकारबारे समाजवादी अनिर्णीत

सरकारबारे समाजवादी अनिर्णीत

काठमाडौं : समाजवादी पार्टीका नेताले एकीकरणसभामै सरकारमा रहने कि नरहने भन्ने निर्णय चाँडै गर्ने घोषणा गरेका थिए। त्यसको तीन महिना हुन लागे पनि उक्त पार्टीले निर्णय गर्न सकेको छैन।

पदाधिकारी बैठक गत शनिबार बसेको थियो। त्यसले सरकारबारे कुनै निर्णय गरेन। नयाँ शक्ति र संघीय फोरमबीच २३ वैशाखमा एकीकरण भएको थियो। एकीकरणसम्बन्धी सम्झौतापत्रमै नवगठित पार्टीले चाँडै बैठक गरी उपयुक्त निर्णय गर्ने लेखिएको थियो।

समाजवादीले यो अवधिमा सरकारबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन। ‘हामी पार्टी समायोजनमा केन्द्रित छौं’, उपाध्यक्ष रेणु यादवले भनिन्, ‘समायोजनको काम सकिएपछि मात्रै हामी राजनीतिक एजेन्डामा प्रवेश गर्छौं।’ पार्टीको पछिल्लो बैठकले केन्द्रीय विभाग गठन र नेताहरूको कार्यविभाजनबारे छलफल गरेको उपमहासचिव प्रकाश अधिकारीले बताए।

जनकपुरमा हालै आयोजित कार्यक्रममा समाजवादीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले संघीय सरकारको आलोचना गरेका थिए। यादव केपी ओलीको नेतृत्वको सरकारमा उपप्रधानमन्त्री छन्। उनकै नेतृत्वमा तत्कालीन संघीय फोरमका नेताले प्रधानमन्त्री केपी ओलीलाई दुईबुँदे सहमतिअनुसार संविधान संशोधन गर्न ध्यानाकर्षण गराएको थियो। यादव सरकारमा जाने बेला नेकपाका दुवै अध्यक्ष ओली र पुष्पकमल दाहालले सम्झौता गरेका थिए। त्यसमा संविधान संशोधनको कुरा उल्लेख थियो।

एकीकरणका बेला पदाधिकारीमा ६४ र ३६ प्रतिशतको भागबन्डा भएको थियो। २५ सदस्यीय पदाधिकारीमा १६ फोरमबाट र नौ जना नयाँ शक्तिबाट राखिएको थियो। केन्द्रीय समितिमा फोरमबाट २ सय ८० र नयाँ शक्तिबाट १ सय ५० गरी ४ सय ३० सदस्यीय बनाइएको थियो। उपमहासचिवले पार्टी समायोजन भागबन्डाका आधारमा नगरिएको दाबी गरे। ‘हामीले ठाउँअनुसार नेताहरूको अवस्था हेरी पार्टी समायोजनको काम गर्दै छौं’, उनले भने।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.