टिकापुर घटना सम्झन थारु सम्मेलन

टिकापुर घटना सम्झन थारु सम्मेलन

टीकापुर : कैलालीको टीकापुरमा भदौ ७, ८ र ९ गते थरुहट/थारुवान राष्ट्रिय सम्मेलन हुने भएको छ। थरुहट थारुवान संघर्ष समितिले २०७२ भदौ ७ गते भएको टीकापुर घटना भएकै दिन पारेर थरुहट थारुवान सम्मेलन हुने भएको हो। सम्मेलनमा झण्डै ८ हजार थारु अगुवाको सहभागिता रहने छ।

थरुहट थारुवान संघर्ष समितिले गरेको आन्दोलनका क्रममा २०७२ भदौ ७ गते एक नाबालकसहित ८ जना सुरक्षाकर्मीले ज्यान गुमाएका थिए भने भदौ ८ गते टीकापुरमा थारुहरूका घर, पसलमा आगजनी भएको थियो। सम्मेलनप्रति नकारात्मक धारणा नबनाउन आयोजकले आग्रह गरेको छ।

पत्रकार सम्मेलनमा थारु नेता लक्ष्मण थारुले कार्यक्रम कसैलाई आक्रमण गर्न र बदलाको भावनाले आयोजना नगरिएको बताए। कार्यक्रममा थारु समुदायका हक, अधिकारका एजेण्डा बारेमा विचार विमर्श गरिने कार्यक्रम भएको बताए।

‘सम्मेलनबाट कोही आत्तिनु तर्सिनु पर्दैन’, उनले भने, ‘यो सभ्य र भव्य कार्यक्रम हो। सौहार्दपूर्ण वातावरणमा शान्तिपूर्ण रुपमा थारुहरुका हक अधिकारका विषयमाथि विचार विमर्श गरिनेछ।’

उनले सम्मेलनका क्रममा थारु अतिथिलाई अन्य समुदायका घरमा बास बसाएर सद्भावको सन्देश दिने बताए।

टीकापुर घटनापछि हाल कारगारमा रहेका सांसद रेशमलाल चौधरी लगायत ११ जनाको रिहाईका लागि दबाव सिर्जना गर्ने पनि कार्यक्रमको उद्देश्य रहो उनले सुनाए।

सम्मेलन व्यवस्थापन समितिका संयोजक रामप्रसाद चौधरीले टीकापुरको सामाजिक सद्भावप्रति थारु समुदाय चिन्तित रहेको बताए। उनले सबै मिलेर टीकापुरको विकास र सद्भावका लागि हातेमालो गर्नुपर्ने बेला आएको  बताए।

‘टीकापुरको नराम्रो कुरा सुन्दा हामीलाई पनि निकै दुःख लाग्छ। टीकापुरप्रति हामीलाई पनि माया लाग्छ’, उनले भने, ‘टीकापुर हामी सबैको हो भन्ने भावनाले सम्मेलन गर्न गइरहेका छौं।’

रामप्रसाद चौधरी संयोजकत्वमा ५१ सदस्यीय व्यवस्थापन समिति र ९ वटा उपसमितिहरू गठन गरिएका छन्। सम्मेलन सफल पार्न सबैजसो स्थानीय तहमा उपसमिति गठन भएका छन्।

सम्मेलनको पहिलो दिन भदौ ७ गते उद्घाटन समारोह, दोस्रो दिन भदौ ८ गते छलफल र तेस्रो दिन भदौ ९ गते टीकापुर घोषणापत्र जारी गरिने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.