इथियोपियामा एकै दिन ३५ करोड ३६ लाख ६ सय ६० वटा रुख रोपियो
इथियोपिया : इथियोपियन नागरिकहरुले ३५ करोड भन्दा धेरै रुख एकैपटक रोपेका छन् । सोमबार १२ घण्टाको अवधिमै उनीहरुले ३५ करोड ३६ लाख ३३ हजार ६ सय ६० वटा रुख रोपेका हुन् ।
वन फणानी तथा जलवायु परिवर्तनको असरबाट बच्न यहाँ एक अभियान नै सञ्चालन गरी ठूलो मात्रामा वृक्षरोपण गरिएको हो । अनुसन्धान तथा प्रविधिमन्त्री गेताउन मेकुरियाका अनुसार २० करोड रुप रोप्ने प्रारम्भीक योजना थियो । तर अहिलेको यो तथ्यांकले विश्व रेकर्ड नै कायम गरेको अधिकारीहरुले बताएका छन् ।
इथियोपियामा पछिल्लो समय तीव्र रुपमा जनसंख्या बढ्नुका साथै वन फणानीको असर देखिन थालेपछि सरकारले नै यसबारे चासो देखाउँदै वृक्षरोपण गराएको हो ।