निद्रामामात्र चित्र बनाउने ली हेड्विन
कार्डिफ : धेरै मानिसलाई निद्रामा हिंड्ने वा बर्बराउने बानी हुन्छ तर ब्रिटेनको कार्डिफ सहरमा बस्ने ली हेड्विनलाई भने निद्रामा चित्र बनाउने बानी छ। हेड्विनले चार वर्ष हुँदादेखि चित्र बनाउन सुरु गरे। उनी सुरुमा पर्खालमा चित्र बनाउथे।
यो उमेरमा सबै बच्चाले पर्खाल रंग्याउन सक्ने भए पनि उनी र अरु बच्चामा फरक थियो। उनी सुत्दामात्र चित्र बनाउँथे। निद्रामा चित्र बनाउने उनको बानी बढ्दै गयो। चित्र बनाउने कलामा पनि क्रमश: निखार आयो।
१५ वर्षको हुँदा उनले हलिउड अभिनेत्री मर्लिन मुनरोको तीन प्रोटेट बनाएका थिए। अच्चममको कुरा के भने उनलाई त्यो कुरा याद छैन। मस्त निद्रामा राम्रा चित्र बनाउने हेडविनलाई ब्युँझिएको बेलामा भने चित्र बनाउन पटक्कै आउँदैन।
लीको यो अच्चम्मको कलाको बारेमा कार्डिफ युनिभर्सिटीकी पेनी लुइसले रिसर्च गरेकी छिन्। सुतेको बेलामा चित्र बनाउने कारणको रुपा उनले निद्रामा पनि जागा रहेने आधा मस्तिस्कलाई मानेकी छिन्।
पेनी लुइस भन्छिन्, 'मानिस निद्रामा हिंड्ने, बर्बराउने वा छटपटिने गर्छन्। यो हाम्रो दिमागमा मच्चिएको हलचलको नतिजा हो। यो एकदमै सामान्य घटना हो।'
ली हेडविनको घटना भने योभन्दा भिन्न रहेको उनको भनाइ छ। 'उनी निद्रामा पेन्सिल, ब्रस र हड्डीलेसमेत चित्र कोर्न थाल्छन्। बिउँझिएको बेलामा उनले यसो गरेको भए सामान्य मानिन्थ्यो।'
'लिको दिमागको बनावट र काम गर्ने तरिका दुवै नै सामान्यभन्दा भिन्न छ। म यसलाई बुझ्ने प्रयास गर्दै छु', पेनी लुइस भन्छिन्, 'सुतिरहेको बेलामा हिंड्दा हाम्रो दिमागको एक हिस्सा भने जागा नै रहन्छ। दिमागको त्यो हिस्साले ब्युँझिएको बेलामा गर्ने कार्य गर्छ। नयाँ कुरा र सीप सिक्छ। याद जम्मा गर्छ। हाम्रो दिमागको काम यति धेरै हुन्छ कि त्यसले सुत्ने फुर्सत नै पाउँदैन।'
ली हेडविनको दिमागमा सुतेको समयमा कला प्रर्दशनीको धारणा आउँछ। उनी त्यसैले निद्रमा चित्रकारी गर्छन्। सुतेको बेलामा हाम्रो दिमागको एक हिस्सालाई निद्रा आउँछ। तर दिमागको अर्को हिस्सा जसले धेरै कुरा नियन्त्रण गरेको राखेको हुन्छ त्यो भागलाई निद्रा लाग्दैन। सुतेको समयमा पनि जागा रहने मस्तिस्कको यो भागलाई लिम्बिक ब्रेन भनिन्छ। यो मानिसको प्राकृतिक विकाससँग सम्बन्धित भएको लुइसले बताइन्।
आदीमानवलाई सुत्दा पनि चनाखो हुनुपर्थ्यो। कुनै खतरा आउनेबित्तिकै उनीहरु तत्काल बाँच्नको लागि त्यहाँबाट भाग्थे। ली हेड्विनलाई आफ्नो यो बानीले गरेर धेरै पटक समस्या पनि परेको छ। राति अचानक ब्युँझिँदा उनी डरले असिनपसिन हुन्छन्।
सुतेका मानिसले हत्या, चोरी, बलत्कार जस्तो अपराधिक कार्य गर्न सक्ने भए पनि ली भने चित्र बनाउँछन्। यो निकै राम्रो कुरा भएको पेनीले बताइन्।
बीबीसीको सहयोगमा