कांग्रेस बैठक : पेचिलो बन्दै  महाधिवेशन र अन्तिरिम संरचनाको मुद्दा

कांग्रेस बैठक : पेचिलो बन्दै  महाधिवेशन र अन्तिरिम संरचनाको मुद्दा

काठमाडौं : अन्तरिम संरचना र महाधिवेशनको मुद्दामा रुमलिएको कांग्रेस केन्द्रीय समिति  बैठक जारी छ। पार्टी कार्यालय सानेपामा बसिरहेको बैठक अझै केही दिन लम्बिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

मंगलबारको बैठकमासमेत नेताले पार्टीको अन्तरिम संरचना र १४ औं महाधिवेशनलाई केन्द्रमा राखेर आ–आफनो धारणा राख्नेक्रम जारी छ। बैठक बुधबार पुन बस्ने कांग्रेस पार्टी कार्यलयले जनाएको छ। बुधबारदेखि अन्य एजेन्डामा छलफल सुरु हुने प्रवक्ता शर्माको भनाइ छ।  कांग्रेसले शुक्रबारसम्ममा सबै विषय टुंगो लगाउने तयारी गरेको छ। त्यसका लागि कांग्रेस नेतृत्वले प्रयास गरिरहेको प्रवक्ता शर्माले बताए। 

गत असार २२ गतेदेखि सुरु भएको कांग्रेस बैठकमा मंगलबार रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइँले आ–आफ्नो विचार व्यक्त गरेका छन् । 

अर्को बैठक बुधबार दिउँसो ३ बजे पुनः बस्नेछ । 


  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.