अरबी शासककाे डिभाेर्स मुद्दा, माेदीकाे भिडियाे विवाद हुँदै पाकिस्तानमा धर्म परिवर्तनसम्म !

अरबी शासककाे डिभाेर्स मुद्दा, माेदीकाे भिडियाे विवाद हुँदै पाकिस्तानमा धर्म परिवर्तनसम्म !

 

पत्नी हत्याका अभियुक्त पूर्वमेयरलाई फाँसीको सजाय

तेहरान : इरानको राजधानी तेहरानका पूर्व मेयर मोहम्मद अली नजाफीलाई आफ्नै पत्नीको हत्या अभियोगमा फाँसीको सजाय सुनाइएको छ । मंगलबार न्यायापालिकाले यसबारे जानकारी गराएको हो ।

स्थानीय मिडियाका अनुसार गत मे २८ मा नजाफीले आफ्नी दोस्रो पत्नी मित्रा ओस्तादलाई तेहरानस्थित घरमै हत्या गरेका थिए । हत्यापछि पत्नीको शव बाथटबमा भेटिएको थियो । जब कि, ६७ वर्षे नजाफीले आफ्नो अपराध स्वीकार गरेका थिए ।

 

पाकिस्तानी प्रधानमन्त्री भन्छन् : जबर्जस्ती धर्म परिवर्तन गराउने गैर–इस्लामिक

इस्लामाबाद : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जबर्जस्ती धर्म परिवर्तन गराउनेप्रति लक्षित गर्दै उनीहरुलाई गैर–इस्लामिकको संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘यस काममा जो लिप्त छ, उसले मुस्लिम इतिहास जानेकै छैन ।’ सोमबार राष्ट्रिय अल्पसंख्यक दिवसको अवसरमा इमरानले धर्म परिवर्तन जस्तो काम कसैले पनि हातमा लिन नसक्ने बताए ।

गैर मुस्लिम महिलासँग विवाह गरेर वा धम्की दिएर धर्म परिवर्तन गराउने काम गैर धार्मिक रहेको उनले बताए । पाकिस्तानमा पछिल्लो समय जबर्जस्ती धर्म परिवर्तन हुने गरेको भन्दै उनले यसमा आलोचना गरेका थिए ।

५ सय भन्दा बढी भारतीय एकैचोटी पाकिस्तान प्रवेश

इस्लामाबाद : गुरु नानकको जन्मदिन मनाउन भारतबाट ५ सय भन्दा धेरै शिख समुदायका भारतीय एकैचोटी पाकिस्तान गएका छन् । शिख समुदायका आदर्श मानिने गुरु नानकको ५५०औं जन्मजयन्ति मनाउन उनीहरुले पाकिस्तानमा प्रवेश पाएका हुन् । पाकिस्तान सरकारले ती तिर्थयात्रीलाई वाघा बोर्डरबाट मंगलबार बिहान प्रवेश दिएको जनाएको छ ।

दुश्मनी साँध्दैआएका भारत र पाकिस्तानबीच हालैको एक भ्रमणले सम्बन्धको नयाँ आयाम पुष्टि गरेको छ । पाकिस्तानमा पनि गुरु नानकका अनुयायी रहँदैआएका छन् ।

इथियोपियामा एकै दिन ३५ करोड ३६ लाख ६ सय ६० वटा रुख रोपियो

इथियोपिया : इथियोपियन नागरिकहरुले ३५ करोड भन्दा धेरै रुख एकैपटक रोपेका छन् । सोमबार १२ घण्टाको अवधिमै उनीहरुले ३५ करोड ३६ लाख ३३ हजार ६ सय ६० वटा रुख रोपेका हुन् । वन फणानी तथा जलवायु परिवर्तनको असरबाट बच्न यहाँ एक अभियान नै सञ्चालन गरी ठूलो मात्रामा वृक्षरोपण गरिएको हो ।

अरबी शासकको डिभोर्स मुद्दा लण्डनमा फैसला हुँदै

लण्डन : दुबइका शासक शेख मोहम्मद अल माक्तोम र उनकी पूर्वपत्नी हाया बिन्त अल हुसेनको मुद्दा बेलायतको लण्डनमा फैसला हुँदैछ । यसका लागि जुलाइ ३० मा उनीहरु लण्डनस्थित उच्च अदालतमा उपस्थित भएका छन् । हाया दुबइबाट भागेपछि पहिलोपटक सार्वजनिक रुपमा यसरी अदालतमा उपस्थित भएकी हुन् । अदालतमा उपस्थित हुन उनी वकिलको टोलीसँगै आएकी थिइन् ।

यही महिना हाया आफ्ना पतिसँग सम्बन्ध तोड्दै छोरीको साथ भागेर जर्मनी पुगेकी थिइन् । उनी पछिल्लो समय लण्डनमा लुक्दैआएको मिडियाले जनाएका थिए । दुबइका शासक शेखले पूर्वपत्नीविरुद्ध लण्डनमा मुद्दा दायर गरेपछि यसबारे फैसला हुन लागेको हो । ७० वर्षीय शासकले ४५ वर्षीया हायालाई छैटौँ श्रीमतीको रुपमा २००४ मा विवाह गरेका थिए ।

मलेसियामा राजा सुल्तानको राज्यभिषेक

क्वालालाम्पुर ः मलेसियामा सुल्तान अब्दुल्लाह सुल्तान अहमद साहले मंगलबार औपचारिक रुपमा नयाँ राजाको रुपमा राज्यभिषेक ग्रहण गरेका छन् । सुल्तानले राष्ट्रव्यापी सम्बोधन गर्दै जनताको हितलाई प्राथमिकता दिने र वहुजातीय, वहुधार्मिक लगायत विभिन्न समुहबीच एकताको पक्षमा आग्रह गरेका छन् ।

जनतालाई सधैँ पहिलो स्थानमा राख्ने भन्दै आफ्नो प्रयास गरिबी न्युनिकरण गर्न केन्द्रित हुने उनले बताएका छन् । सुल्तानले राजाको रुपमा गत वर्षमै पदभार ग्रहण गरे पनि अहिले विधिवत रुपमा सांस्कृतिक मान्यता पाएका हुन् ।

मोदीको ‘डिस्कभरी भिडियो’लाई पुलवामा आक्रमणसँग जोडेर आलोचना

नयाँदिल्ली : विश्वकै चर्चित डिस्कभरी च्यानलमा ‘म्यान भर्सेस वाइल्ड’मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी देखिने भएपछि उनको चौतर्फी आलोचना भएको छ ।कार्यक्रमको प्रचारात्मक भिडियोमा सञ्चालक बियर ग्रिल्ससँगै मोदी देखिएपछि सामाजिक सञ्जालमा मोदीविरुद्ध ह्यासट्याग अभियान नै सुरु भएको छ ।

पुलवामा हमला भएकै बेला मोदी भने डिस्कभरीका लागि सूटिङमा व्यस्त रहेको भन्दै मोदीविरुद्ध #PMmodiondiscovery अभियान सुरु भएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.