सुरक्षामा खटिएका प्रहरीलाई नै समातेर ‘किस’ गरिदिएपछि...
नयाँदिल्ली : तेलंगनामा बोनालु फेस्टिबल मनाउँदै गरेको एउटा भीडमा अनौठो घटना भएको छ ।
रक्सीले नाचिरहेका एक युवकले प्रहरीलाई समातेर किस गरिदिँदा उनी फन्दामा फसे । ती युवाकले प्रहरीलाई किस गरेको भिडियो भने सामाजिक सञ्जालमा भाइरल नै भएको छ । आइतबार मध्यरातमा सडकमै भइरहेको भीडमा पुगेका प्रहरीलाई दुव्र्यवहार भएको हो ।
भिडियोमा ती युवाकलाई प्रहरीले धकेलेको पनि देखिन्छ । घटनापछि युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार युवक एउटा प्राइभेट बैंकका कर्मचारी हुन् । रक्सीले मातेर अचानक प्रहरीलाई उनले दुव्र्यवहार गरेका थिए ।
स्थानीय मिडियाका अनुसार ती प्रहरी नाचको भीडमा सुरक्षाका लागि खटिएका थिए । खासगरी यो भिडियोलाई लिएर सामाजिक सञ्जालमा अनेक टिप्पणी भएका छन् ।