समाजवादी पार्टी मोरङ अध्यक्षमा यादव चयन
विराटनगर : समाजवादी पार्टी नेपाल मोरङको अध्यक्षमा राजकुमार यादव चयन भएका छन् । यादवलाई संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीचको एकतापछि अध्यक्ष चयन गरिएको हो ।
१ सय १५ सदस्य समाजवादी पार्टी मोरङको ४ जना उपाध्यक्षमा केशरमान गुरुङ, तीर्थराज घिमिरे, नवराज दाहाल र त्रिलोचन गौतमलाई चयन गरिएको छ ।
९ सदस्य पदाधिकारीमा सचिव रछामी किराँती, सहसचिव द्वय ओम ढकाल र मन्तलाल यादव तथा कोषाध्यक्षमा महेश्वर यादव रहेका छन् । यसैगरी सदस्यमा विजयसिंह गन्गाई, कमला साह, हरि न्यौपाने र डिएगो चेम्जोङलगायत छन् ।
यादवलाई केन्द्रीय सचिव पर्शुराम बस्नेतले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । अध्यक्ष यादवले अन्य पदाधिकारी र सदस्यको शपथ गराएका छन् ।