रोल्पामा जीप दुर्घटना : १० घाइते

रोल्पामा जीप दुर्घटना : १० घाइते

रोल्पा :   रोल्पामा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। रुन्टीगढी गाउँपालिका–२ धरमपानीबाट दाङको घोराहीतर्पm जाँदै गरेको रा १ ज ६४४ नम्बरको जीप मंगलबार दिउँसो दुर्घटना भएको हो। 

जिल्ला प्रहरी प्रमुखसमेत रहेका प्रहरी नायव उपरीक्षक दिपक खड्का अनुसार घाइतेमध्ये पाँचको अवस्था गम्भीर छ। 

दुर्घटनामा चालकसहित अन्य यात्रु घाइते भएका हुन्। सबै घाइतेको प्राथमिक उपचार होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा भएको थियो। अहिले घाइतेलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले नेपालगञ्ज रिफर गरेको छ। 

चिप्लो सडक भएकाले दुर्घटना भएको अनुमान प्रहरीको छ। जीप दुर्घटनाको खबर पाए लगत्तै अस्थायी प्रहरी पोस्ट सुर्पालबाट प्रहरी सहायक निरीक्षक निमबहादुर केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। 

   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.