प्रचण्ड पत्‍नी , छोरी र नातिनीसहित यूएईमा

प्रचण्ड पत्‍नी , छोरी र नातिनीसहित यूएईमा

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल सपरिवार संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा निस्किएका छन्। पत्नी सीता, छोरीहरू रेणु, गंगा र नातिनीका साथ दाहाल पाँच दिनका लागि मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्। 

सीता लामो समयदेखि बिरामी छिन्। सीताकै आग्रहमा दाहाल परिवार पारिवारिक भ्रमणमा गएको निजी सचिवालयले जनाएको छ। उनी १८ साउनमा स्वदेश फर्किने कार्यक्रम छ। 

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, प्रचण्डकै सचिवालयमा कार्यरत छोरी गंगा दाहाल र नातिनी पनि भ्रमणमा गएको प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए।  ‘मेडम (सीता)ले पटक-पटक दुबई जाने मनसाय व्यक्त गरेपछि उहाँहरु त्यहाँ जान तयार हुनुभएको हो’,सापकोटाले भने,‘यो भ्रमण विशुद्ध पारिवारिक मात्रै हो।’ प्रचण्ड परिवार १८ गते स्वदेश फर्किने उनले जानकारी दिए।     

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँच गराउन सिंगापुर जाँदै छन्। उनी यसअघि थाइल्यान्ड जाने गरेका थिए। प्रधानमन्त्री ओली साउन १८ गते सिंगापुर जान लागेका हुन्। त्यहाँ एक साता रहने पार्टी सचिवालयका एक सदस्यले बताए। 

१२ वर्षअघि उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनले थाइल्यान्डको बु्रमरुग्राड अस्पतालमा फ्लोअप जाँच गराउँदै आएका थिए। गंगालाल राष्ट्रिय हृदय केन्द्रमा शनिबार आयोजित कार्यक्रममा उनले आफू अस्थायी बिरामी भएको बताएका थिए।

त्यसअघि शुक्रबार सैनिक अस्पताल छाउनीमा उनको स्वास्थ्य जाँच गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.