किन लम्बिदै छ कांग्रेस बैठक ?

किन लम्बिदै छ कांग्रेस बैठक ?

काठमाडौं : कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लम्बिने देखिएको छ। पार्टीको आन्तरिक विषयमा १४ वटा एजेन्डा प्रस्तुत गरेर सुरु भएको बैठक केही दिन अझै लम्बिने देखिएको हो। दुई वटा एजेन्डामा मात्रै छलफल भएको छ।

असार २२ मा सुरु भएको बैठकमा महामन्त्री पूर्णबहादुर खडकाले पार्टीको नियमवाली, अन्तरिम संरचना, १४ औं महाधिवेशनको कार्यतालिका, भातृ संस्थाहरु सहितको एजेन्डा प्रस्तुत गरेका थिए। बैठकले नियमावलीको सन्दर्भमा मात्रै निर्णय गरेको छ भन्ने अन्तरिम संरचना र महाधिवेशनको कार्यतालिका बारेको छलफल सकिएको जनाएको छ। 

मंगलबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खडका, सहमहामन्त्री प्रकाशशरण महत, कोषाध्यक्ष सितादेवी यादव र केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले धारणा राखेका थिए। प्रवक्ता विश्वप्रकाश शर्माले अन्तरिम संरचना र महाधिवेशनको वारेमा धारणा राख्ने क्रम मंगलबार सकिएको बताए। ‘बुधबारदेखि अन्य एजेन्डा माथी छलफल सुरु हुन्छ’, शर्माले भने। बैठक बुधबार दिउँसो ३ बजे पुनः बस्ने कांग्रेस पार्टी कार्यलयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

संक्रमणकालिन व्यवस्था अनुसार अन्तरिम संरचना बनाएर महाधिवेशनमा जाने वा महाधिवेशनको कार्यतालिका तय गर्ने भन्ने सकस भएको छ। सभापति शेरबहादुर देउवामाथी इत्तर समुहका नेताहरुले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न दवाव बढाइरहँदा सभापति माथी अन्तरिम संरचनाको गठन र पार्टीले घोषणा गरेको जागरण अभियानलाई देखाएर महाधिवेशनको कार्यतालिका पर धकल्ने लागेको आरोपसमेत लगाइने गरेको छ। केन्द्रिय समिति जारी रहेको बेला मंगलबार इत्तर पक्षका नेताहरु प्रकाशमान सिंहको निवासमा रणनीति बनाउन अनौपचारिक बैठक गरेका थिए।

बैठकमा सिंह सहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, नेताहरु अजुर्ननरसिंह केसी लगायत उपस्थित थिए। नेता सिंहले महाधिवेशनको बारेमा ठोस निर्णय नभएसम्म अब आफूहरु कुनै पनि पार्टीको अन्य काम अघि नबढाउने पक्षमा रहेको बताए। ‘अन्य कामहरु पनि नगर्नु हुँदैन भन्ने होइन’, सिंहले भने, ‘तर महाधिवेशनको बारेमा पहिला पार्टीले निर्णय गर्नुपर्यो।’

अन्तरिम संरचना गठन गरेर महाधिवेशन प्रक्रियाको थालनी गर्ने वा जारी केन्द्रीय समिति बैठकबाटै १४ औँ महाधिवेशनको प्रक्रिया तय गर्ने भन्नेमा कांग्रेस भित्र पछिल्लो समयमा विवाद देखिएको छ। पार्टीको विधानको धारा ७२ को उपधारा ४ बमोजिमको अन्तरिम संरचना निर्माण गरेर १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गर्ने उल्लेख छ। कांग्रेसको विधानले महाधिवेशनको पक्रिया एक वर्ष अगावै प्रारम्भ गर्नुपर्ने व्यवस्थासमेत गरेको छ। विधानतह महाधिवेशनको एक वर्ष पूर्व कांग्रेस क्रियाशिल सदस्यताको पुनरावलोकन सहित स्थानीय अधिवेशनहरुको प्रक्रिया प्रारम्भ गर्नुपर्ने हुन्छ।

कांग्रेसमा अहिले प्रदेश, निर्वाचन क्षेत्र र स्थानीय तहको स्तरमा पार्टी संरचना नै छैन। सभापति देउवा पक्ष यी संरचनाहरु निर्माण गरेर मात्रै १४ औं महाधिवेशनको प्रक्रिया प्रारम्भ गर्नु पर्नेमा देखिएका छन्। भने इत्तर पक्षले महाधिवेशनकै प्रक्रिया प्रारम्भ गरेर यी संरचनाहरु बनाउनु पर्ने अडान राखेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.