दुई लाख घुस लिने इन्जिनियरविरुद्ध मुद्दा
काठमाडौं : जलश्रोत तथा सिंचाई विकास डिभिजन भोजपुरका इन्जिनियर मोहनबाबु यादवविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ८० हजार घुससहित पक्राउ परेको यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनले षडानन्द नगरपालिका–१३ बोयामा रहेको छाँगे खोला सिंचाई कार्यक्रमको रनिङ विल पास गरिदिने प्रयोजनका लागि सेवाग्राही घुस लिएका थिए । भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबीसहित आरोपपत्र दायर गरिएको छ ।