सहमतिबाटै अन्तरिम संरचना, अर्को फागुनमा महाधिवेशन

सहमतिबाटै अन्तरिम संरचना, अर्को फागुनमा महाधिवेशन

काठमाडौं : कांग्रेस नेताले सहमतिमै अन्तरिम संरचना बनाएर महाधिवेशनमा जान प्रयास गरिरहेका छन्। नयाँ विधानमा अन्तरिम संरचना पनि संक्रमणकालीन व्यस्वस्थाअनुसार निर्वाचनमार्फतै आउनुपर्ने प्रावधान छ। यसरी अघि बढ्दा महाधिवेशनमा थप ढिलाइ हुन्छ। त्यसैले सभापतिइतर पक्ष सहमतिका लागि लचिलो बनेको हो।

अन्तरिम संरचना निर्माण र १४ औं महाधिवेशनको कार्यतालिकालाई लिएर केन्द्रीय कार्यसमितिमा विवाद देखिएको थियो। बुधबारको बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायत शीर्ष नेताबीच यसबारे भनाभन भएको थियो। केन्द्रीय सदस्य गगनकुमार थापाले बैठकमा भएको छलफलका आधारमा अन्तरिम संरचना सहमतिबाटै निर्माण हुने बताए। जसका लागि कांग्रेसले विधानको एउटा व्यवस्थामा बाधाअड्काउ फुकाउ गर्नुपर्ने हुन्छ। केही दिनअघि बैठकमै यो प्रस्ताव केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले राखेका थिए।

‘भदौ वा असोजसम्ममा सहमतिबाटै अन्तरिम संरचना बनाएर महाधिवेशन प्रक्रियामा जाने मोटामोटी निष्कर्षजस्तो देखिन्छ’, नेता थापाले अन्नपूर्णसँग भने, ‘अन्तरिम संरचना बनाएर महाधिवेशन क्रममा निर्वाचनमार्फत नियमित अधिवेशन हुनेछ।’

सभापति देउवा अर्को फागुनसम्ममा महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन तयार भएको नेताहरूले बताएका छन्। बुधबारको बैठकमा उपसभापति विमलेन्द्र निधिले पुसदेखि माघसम्म अन्तरिम संरचना बनाएर मात्रै महाधिवेशनको क्यालेन्डरबारे कुरा गर्ने बताएपछि तनाव भएको थियो। त्यसमा वरिष्ठ नेता पौडेल र सभापति देउवाबीच भनाभन परेको थियो। नेता सिटौलाले अन्तरिम संरचनाको ठोस प्रस्ताव सभापतिलाई बनाउन सुझाएपछि तनाव साम्य भएको थियो।

सभापति देउवाले शुक्रबार बस्ने बैठकका लागि यसबारे महामन्त्रीद्वय पूर्णबहादुर खड्का र डा. शशांक कोइरालालाई अनौपचारिक जिम्मा दिएको नेताहरूको भनाइ छ। महामन्त्री खड्काले केन्द्रीय कार्यसमितिमा छलफल चलिरहेको बताए। छलफल सकिएपछि निर्णय हुने उनले सुनाए। ‘हामी सबै जना बैठकमा आआफ्नो कुरा राखिरहेका छौं’, उनले भने, ‘त्यसपछि हामी सबै जनाको विचार समेटिने गरी निर्णय गर्छौं।’

बिहीबार सभापति र इतर पक्षका नेताले आआफ्नो पक्षको बैठक गरेका छन्। दुवै पक्षबीच अनौपचारिक कुराकानी भएको नेताहरूले बताएका छन्। केन्द्रीय सदस्य थापाले महाधिवेशनको म्याद एक वर्ष थप्नेमा सहमतिजस्तै देखिए पनि सभापति पक्षका केही नेताका कुराले आशंका जन्माएपछि भनाभन भएको बताए। ‘भदौ वा असोजसम्म अन्तरिम संरचना सहमतिबाटै बनाएर पुस वा माघदेखि ६ महिनासम्म क्रियाशील सदस्यताका लागि समय छुट्ट्याउने हो’, उनले भने, ‘त्यसपछि स्थानीय, जिल्ला, क्षेत्र र प्रदेश अधिवेशन प्रकिया थालेर महाधिवेशनमा जाने हो।’ जसका लागि दुई ठाउँमा कांग्रेसले बाधाअडकाउ फुकाउनुपर्ने हुन्छ। पहिलो संक्रमणकालीन व्यवस्थाअनुसार अन्तरिम संरचना पनि निर्वाचनमार्फतै आउनुपर्ने र दोस्रो महाधिवेशनको एक वर्ष पहिला अधिवेशनहरू सम्पन्न भइसक्नुपर्ने व्यवस्थालाई निलम्वन गर्नुपर्छ। नेताहरूका अनुसार सभापति र इतर पक्षबीच अन्तरिम संरचना भदौ वा असोजभित्र निर्माण गर्ने र अर्को वर्षको फागुनसम्ममा पार्टीको १४ औं महाधिवेशन गर्ने सहमति भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.